एनआरएनए-एनसिसी इजरायलको निर्वाचन : पूर्व महासचिव तेन्जीन शेर्पाद्वारा पनि उम्मेदवारी दिने घोषणा

द्वारा प्रकाशित गरिएको हो |
२०७८ श्रावण ६, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

ए1न्यूज इजरायल
एनआरएनए-एनसिसी इजरायलको चुनावी माहौल तात्दै जाने क्रम वढ्दै गई उम्मेदवारी दर्ता गराउने समय शुरु हुदै गर्दा अध्यक्षको दावेदारी प्रस्तुत गर्ने क्रम पनि वढेर गएको छ ।
एनआरएनए-एनसिसी इजरायलका पूर्वमहासचिव तेन्जीन शेर्पाले पनि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
एनआरएनए-एनसिसी इजरायलमा २ कार्यकाल महासचिव पदमा अत्याधिक वहुमतले जीत हासिल गरेका दोलखा स्थायी घर भई लामो समयदेखि इजरायललाई कर्मथलो बनाउदै आइरहेका शेर्पाले २०१९-०२१ कार्यसमितिमा प्रमुख सल्लाहकारको भुमिका निर्वाह गरेका थिए ।
सामाजिक रुपमा दरिलो पहुच स्थापना गर्दै आइरहेका शेर्पाको उम्मेदवारी दिने घोषणाले छुट्टै वातावरण सृजना गरेको छ भने यसअघि उमेदवारीको लागि दावी प्रस्तुत गर्दै आइरहेकाहरुलाई समेत चख्मा दिएको छ । स्मरण रहोस् शेर्पा इजरायलमा संघसंस्थाहरु विच लोकप्रिय प्रतिस्पर्धीको रुपमा चिनिन्छन् ।
यससँगै एनसिसी-इजरायलको नेतृत्वको दौडमा गणेश गिरी, कृष्ण भण्डारी, निता ढकाल र तेन्जीन शेर्पा गरी ४ जना प्रतिस्पर्धी मैदानमा उत्रिने सम्भावना देखिएको छ । इजरायलको सामाजिक परिेवेशमा राम्रो पहुच राख्दै आइरहेका यी प्रतिस्पर्धीहरु निर्वाचनमा होमिदा निकै ठूलो रस्साकस्सी हुने देखिएको छ ।निर्वाचन समितिले ०२१-०२३ कार्यकालको लागि हुन गइरहेको नयाँ कार्यसमितिको लागि विभिन्न पदमा उम्मेदवारी दिन चाहने इच्छुक व्यक्तिहरूले पूर्व निर्धारित कार्यविधि वमोजिम  दिउँसो ३ बजे देखि राति १० बजेसम्म आफ्नो उम्मेदवारी मनोनयन पत्र (उम्मेदवारको निबेदन पत्र) निर्वाचन समिति समक्ष हार्चियोन-१२ तेलअभिवमा दर्ता गराउन सचना प्रसित गरिसकेको छ ।
उमेदवारी दरखास्त फारम :

May be an image of text

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

एनआरएनए-एनसिसी इजरायलको अध्यक्षमा पुन: गणेश गिरी, को हुन गिरी ?

एनआरएनए-एनसिसी इजरायलको अध्यक्षमा पुन: गणेश गिरी, को हुन गिरी ?

ए१न्यूज इजरायल गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी) इजरायलको अध्यक्षमा गणेश गिरी सर्व सम्मत निर्वाचित भएका छन् ।  निर्वाचन समितिले शुक्रवार राती विज्ञप्ति..