
ए1न्यूज इजरायल
गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको सातौं अधिवेशन आगामी २४ जुलाई शनिवार तय गरिएको एनआरएनए-एनसिसी इजरायलले जनाएको छ ।
एनआरएनए-एनसिसी इजरायलको गत ११ मई वुधवार बसेको कार्यसमितिको बैठकले संरक्षक दिपक प्रसाद ओलीको संयोजकत्वमा वढीमा ५ सदस्यिय निर्वाचन समितिको गठन गर्ने गरी संरक्षक ओलीलाई जिम्मेवारी प्रदान गरिएको एनसिसी इजरायलका महासचिव श्रीकृष्ण भण्डारीले जानकारी दिए ।
त्यस्तै बैठकले २४ जुलाई शनिवारकोलागि अधिवेशनको मिति तय गरिएको बताउनुहुदै निर्वाचन समिति अधिवेशनको तयारीमा जुटेको संयोजक दिपक प्रसाद ओलीले जानकारी दिनुभयो । संयोजक ओलीली निर्वाचन समितिमा रहने अन्य सदस्यहरुको नामावली केही दिनमा सार्वजनिक गरिने जानकारी गराउनुभयो ।
त्यस्तै मासचिव भण्डारीले एनआरएनए-एनसिसी इजरायलको सदस्यता आवदेन लिने क्रम तिब्र रुपमा अगाडी वढिरहेको जानकारी दिदै आगामी १७ जुलाई शनिवार सम्म आवेदन खुल्ला रहने जानकारी दिदै यथाशक्य आवेदन लिन आह्वान गरेका छन् । गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी) इजरायलको एम.आइ.एस सिस्टम (MIS SYSTEM) बाट सदस्यता लिने व्यवस्था गरिएको बताउनुहुदै सदस्यता आवेदनकोलागि एनआरएनए-एनसिसी इजरायलको आधिकारीक वेबसाइट http://www.nrnaisrael.org वा https://members.nrna.org/ मा गई इजरायल चयन गरी ..