नेपालको कोरोना विरुद्धको लडाइँमा monday.com को चासो, के हो Monday.com ?

द्वारा प्रकाशित गरिएको हो |
२०७८ असार २०, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

ए१न्यूज इजरायल
नेपालको कोरोना विरुद्धको लडाइँमा प्राविधिक सहयोग गर्ने हेतुले “Monday.com” नामक Israeli software company को एक टोली गत महिना नै नेपाल जान इच्छुक देखिएको भएपनि नेपालको अवस्थाका कारण जान सकेका थिएनन्। Monday.com को Application सफ्टवेयर नेपालमा भित्र्याई खासगरी अहिलेको कोरोना महामारीमा यसलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने सम्बन्धमा केन्द्रित रही दूतावासको संयोजनमा आज “Monday.com” कम्पनीका प्रतिनिधिहरु र नेपालको Corona Crisis Management Center (CCMC) का अधिकारीहरुबीच भर्चुअल छलफल सम्पन्न भएको छ ।
उक्त छलफलमा महामहिम राजदूत डा. अन्जान शाक्य सहित CCMC का प्रमुख श्री बालानन्द पौडेल, डा. अरुण न्यौपाने, श्री राजेन्द्र पौडेल, Israel – Nepal Friendship Association का President Mr. Nadav Ben Yehuda, दूतावासका द्वितीय सचिव श्री अर्जुन घिमिरे तथा CCMC र Monday.com का प्राविधिक/ईन्जिनयरहको सहभागिता रहेको थियो ।
कम्पनीका अधिकारीहरुका अनुसार यो सफ्टवेयर ईजरायल, अमेरिका तथा अफ्रिकी मुलुकहरुमा प्रयोग भइसकेको छ । सफ्टवेयरको प्रयोगबाट तथ्यांकीय आधार प्राप्त गरी सम्पूर्ण अस्पतालको व्यवस्थापन जस्तैः अस्पतालको क्षमता, तिनमा रहेका खाली बेडको संख्या, भेन्टिलेटर/अक्सिजन सिलिण्डर लगायतको उपलब्धता तथा तिनको वितरण प्रणाली, खरिद गर्नुपर्ने उपकरणको जानकारी, चिकित्सक तथा स्वास्थ्यकर्मीको परिचालनको अवस्था, आदिको लगत विवरण उपलब्ध हुने र फलस्वरूप सामयिक निर्णय निर्माणमा सघाउ पुर्‍याउनेछ। साथै, यसले बढी प्रभावित र लकडाउन गर्नुपर्ने क्षेत्र तथा खुला राख्न सकिने क्षेत्र निर्क्यौल गरी उपयुक्त कदम चाल्न समेत मद्दत गर्नेछ जसले स्थानीय आर्थिक क्रियाकलापहरुलाई निरन्तरता दिन सघाउनेछ।
नेपाली राजदूतावासको आधिकारिक फेसवुकबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

गीतकार तथा सामाजिक अभियन्ता नबराज खड्का गौरीशंकर काठमाण्डौ सम्पर्क मंचको अध्यक्षमा सर्वसम्मत चयन

गीतकार तथा सामाजिक अभियन्ता नबराज खड्का गौरीशंकर काठमाण्डौ सम्पर्क मंचको अध्यक्षमा सर्वसम्मत चयन

यही भाद्र २९ गते,  शनिवार दोलखा जिल्ला गौरीशंकर गाउँपालिका स्थायी घर भै हाल काठमान्डौ रहेका नेकपा एमालेका आम नेता कार्यकर्ताहरुको काठमान्डौ तीनकुने स्थित रोयल ब्यन्केटको..