प्रधानमन्त्री ओलीले आफूनिकट नेतासँग छलफल गर्दै

द्वारा प्रकाशित गरिएको हो |
२०७८ असार ९, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं । पछिल्लो पटक विस्तार गरेको मन्त्रिपरिषद्लाई सर्वोच्च अदालतले खारेज गरेपछि प्रधानमन्त्री ओलीले आफूनिकट नेताहरुसँग छलफल गर्दैछन् ।

पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्री ओलीले पूर्वमन्त्रीसँगै स्थायी कमिटी सदस्य तथा केही सांसद्लाई छलफलका लागि बालुवाटार बोलाएका छन् । सर्वोच्च अदालतको आदेशपछि २० मन्त्री पदमुक्त भएसँगै ओलीले आगामी रणनीति तय गर्ने विषयमा छलफल केन्द्रित हुने बताइएको छ ।

ओलीले हिजो मंगलबार अदालतबाट पदमुक्त भएका मन्त्रीसँग छलफल गरेका थिए । छलफलमा ओलीले पार्टीमा छलफल गरेपछि कसरी अघि बढ्ने भनेर निर्णय गर्ने बताएका थिए ।

प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा भएको अवस्थामा गरिएको मन्त्रिपरिषद विस्तारको निर्णयविरुद्ध दायर रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको मंगलबारको संयुक्त इजलासले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै सरकारमा सहभागी भएका २० जना मन्त्रीलाई पदमुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

एनआरएनए-एनसिसी इजरायलको अध्यक्षमा पुन: गणेश गिरी, को हुन गिरी ?

एनआरएनए-एनसिसी इजरायलको अध्यक्षमा पुन: गणेश गिरी, को हुन गिरी ?

ए१न्यूज इजरायल गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी) इजरायलको अध्यक्षमा गणेश गिरी सर्व सम्मत निर्वाचित भएका छन् ।  निर्वाचन समितिले शुक्रवार राती विज्ञप्ति..