एनआरएनए- एनसिसी इजरायलको पञ्जिकृत सदस्यताको लागि आवेदन खुल्ला (सुचनाको पूर्ण अंश सहित)

२०७८ जेष्ठ २३, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

ए1न्यूज इजरायल
गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी) इजरायलले संघको पञ्जिकृत सदस्यताको लागि आवेदन खुल्ला गरेको जनाएको छ ।

संघले सुचना जारी गर्दै जुन ६ देखि जुलाई १२ सम्मको लागि सदस्यता आवदेन खुल्ला गरेको जनाएको छ ।

यस बर्षदेखि केन्द्रिय तह देखि सम्पूर्ण राष्ट्रिय समन्वय परिषदहरुसम्म नै अनलाइन पद्दती (MIS SYSTEM) बाट सदस्यता लिने व्यव्था गरिएको जनाउदै  यथासिघ्र  सदस्यताको लागि आवेदन दिन आह्वान गरिएको छ ।

एनआरएनए एनसिसी इजरायलले सदस्यता शुल्क मात्र ३० शेकेल निर्धारण गरिएको बताउदै सदस्यता शुल्क भुक्तानीको लागि इजरायलको हकमा एनसिसी इजरायलको कार्यसमितीका पदाधिकारी तथा सदस्यहरु वा एनसिसी इजरायलसँग सम्वन्धित व्यक्तिहरु मार्फत नै गर्न सकिने व्यवस्था गरिएको बताएको छ ।

आवेदन दिनको लागि एनसिसी इजरायलको आधिकारिक वेबसाइट http://www.nrnaisrael.org वा https://members.nrna.org मा गइ इजरायल चयन गरी पासपोर्ट साइजको फोटो, पासपोर्ट वा आइडि (तौदाजुत)को प्रतिलिपी, भिषाको प्रतिलिपी र इजरायल प्रवेष गरेको २ बर्ष पुगेको प्रमाणित गर्ने कागजात वा एनआरएनएको पुरानो आइडीको प्रतिलिपी अपलोड गरी आवेदन फारम भरी सदस्यता आवेदन फारम SUBMIT गर्ने सकिने बताइएको छ ।

संघले छिटो र छरितोको लागि शुरुगरिएको यस अनलाइन प्रणाली मार्फत सदस्यता लिन शुरुवातमा असहज हुन सक्ने देखिएकाले कुनै समस्या आए एनसिसी इजरायलका कुनै पनि पदाधिकारी, सदस्य वा सम्वन्धित व्यक्तिहरुलाई सम्पर्क गर्न अनुरोध गर्दै  यो पद्दती मार्फत सदस्यता व्यवस्थापनमा सम्पूर्ण इजरायलवासी नेपाली दिदीवहिनी तथा दाजुभाईहरुको पूर्ण सहयोग रहनेमा विश्वस्त रहने उल्लेख गरेको छ ।
सुचनाको पूर्ण अंश :

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय