सतर्क हौं !! – मोहन लामा रुम्वा

२०७८ जेष्ठ २६, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

– मोहन लामा रुम्वा
:::::::::::::
गतवर्ष प्रधानमन्त्री K.P. ओलीले चुच्चे नक्सा निकाल्दा नेपाल र भारतको सम्बन्ध राजनैतिक तहमा मात्रै होइन जनस्तरमा पनि बिग्रन पुग्यो, नेपाल र भारतको इतिहासमा पहिलोपटक यस्तो हुन पुगेको थियो, योभन्दा अगाडि पनि धेरै पटक नेपाल भारत राजनीतिक विवाद भयो नाकाबन्दी पनि भयो तर जनस्तरमा त्यसको कुनै प्रभाव परेको थिएन तर पोहोर सालको चुच्चे नक्सा विवाद काण्डलाई जनस्तरमा पुर्‍याउने काम गर्‍यो। यो नियोजित रूपमा जनस्तरमा फाटो ल्याउने परियोजना धेरै अगाडि देखि नेपाल भित्र र भारत भित्र एउटै हेड्क्वाटर बाट संचालित भैरहेको छ।
विडम्बना कस्तो छ भने नेपाल र भारतिय जनता जनस्तरमा मैत्रीपूर्ण सम्बन्ध हुनुपर्छ भन्नेहरु संगठित छैन तर फटाउन पर्छ भन्ने दुबै देशको एजेण्टहरु एउटै हेड्क्वाटरको निर्देशनमा अंजाम दिइरहेका छन्।
पोहोर साल चुच्चे नक्सा काण्डको माहौलमा बनारसमा एउटा घटना घटेको भिडियो नेपालमा भाइरल गर्‍यो, बिश्व हिन्दु सेनाको ब्यानर राखेर एकजना नेपालीलाई चार पाँच जना भारतियले समाएर जबर्जस्ति कपाल मुण्डन गर्दै भारत माताकी जय भन्न लगाउदै टाउकोमा श्रीराम लेखेको थियो ! यो भिडियो भाइरल भएपछि नेपाली दूतावासले भारत सरकार संग छानबिनको माग गर्‍यो। बनारस प्रहरीले घटनामा संलग्न सबैलाई पक्राउ गरेर अनुसन्धान गर्दै जाँदा त्यो भिडियो बनाउन पैसा दिएर एउटा नाटक गर्न लगाएको रहेछ तर त्यो नेपाली नभई नेपाली मुलको भारतिय नागरिक रहेकोे र उक्त संस्था नै फेक भएको प्रमाणित भएपछि दुबैलाई कार्वाही गर्‍यो। बनारसमा भिडियो बनाएर नेपालमा भाइरल गराउन त्यो अज्ञात शक्तिले खेलिएको एउटा करामत रहेकोेमा कुनै शंका भएन !
अर्को भिडियो पनि निकै भाइरल गरेको थियो भारतिय इसाई नेपालीहरु सम्भवत सिक्किम दार्जिलिङ तिरको हुनुपर्छ हिन्दी भाषी घरमा बाइबल बोकेर तीन चार जना धर्म प्रचारप्रसार गर्न गएको रहेछ, त्यहाँको गाउँलेले तिनीहरु लाई यहाँ से भागो ! मत आओ भन्दै लखेटेर पठाएको भिडियोलाई भारतियहरुले नेपाली लगार्न थाल्यो भन्दै पोस्ट गरेर भाइरल भएको थियो, त्यस्तो थुप्रै “फेक” भिडियोहरु त्यतिबेला भाइरल गरेको थियो यी केही प्रतिनिधिमुलक घटना हुन ! यस्तो मिहिन कुरा सर्वसाधारणले बुझ्ने कुरा हुन्न त्यसैले नेपाली राष्ट्रवादीहरुले भारतियलाई गाली गरेर कमेन्ट गरिरहेको हेरि साध्य थिएन ।

प्रसंग – हिजो एउटा अनलाइन पत्रीकाले पशुपतिनाथ मन्दिरमा भारतिय बाबा हरुको दादागिरी भन्दै ती बाबालाई दारी उखेलेर धक्का मुक्की गरेको देखाउँदै अब भारतियहरु यहाँबाट लखेटेर पठाउने भन्दै भिडियो बनाएछ ! सम्भवत यो भिडियो नेपालमा होइन भारतमा भाइरल गराउन तयार गरेको हो की ? भिडियो लाई जति भन्दा जति सक्दो सेयर गरौं पनि भनेर पोस्ट गरेको छ। यो भिडियो भाइरल गराएर त्यसको जवाफमा उताबाट पनि यो भिडियोको प्रतिक्रियामा “साला नेपाली भाग जाओ हमारे मन्दिर से !” भन्दै अर्को नाटकीय भिडियो नेपालमा भाइरल हुँदै आएछ भने अब तपाईंहरुले अचम्म नमाने हुन्छ !!
आज यो एक दुई हप्ता यता बाबुराम भट्टराई, प्रचण्ड, उपेन्द्र यादव, माधवकुमार नेपालहरु एकाएक राष्ट्रवादी अवतारमा आउँदै छ त्यतिमात्र हो र हिजो सम्म राजेन्द्र महतोको झोला बोकेर हिंड्नेहरु पनि अहिले महतोलाई बिहारी धोती भन्दै सडकमा उफ्रेको देखिरहनु भएको नै होला भनेपछि कुरा बुझ्नुस छट्पटी कहाँ और क्यों हो रहि है……… ?
अन्तमा: पशुपतिनाथ मन्दिर परिसरमा विभिन्न छद्मभेषी हरुको व्यापक घुसपैठ हुँदै गइरहेको छ, युट्युबे सोनिका देखि थुप्रै छाडा गतिविधिमा संलग्न पात्रहरूले अखाडा बनाएर बदनाम गर्दै छ सम्बन्धित क्षेत्रमा सरोकार राख्ने चासो चिन्ता गर्ने सबै सतर्कता हौं।
(अनलाइन न्युजको भिडियो अहिले हटाइसकेको छ ।)

UPDATE :

भर्खर खबर प्राप्त भए अनुसार यो अन्लाईन पत्रकार लाई प्रहरीले नियन्त्रणमा लिएको छ। पत्रीकाको सम्पर्क नम्बर भारतको राखेकाले सामाजिक अभियान्ता Dhruba Raj Luitel जी ले यो नम्बरमा फोन गरि खोजतलास गर्दा नम्बर ब्लक गरेको पाइयो, उहाँको सक्रियतामा पशुपति बिकास कोषलाई जानकारी गराएर उजुरी गरेपछि निज तथाकथित मिडियाकर्मी भन्ने माओवादी कमरेड बिजय घिमिरे र महान नेपाललाई अहिले प्रहरीले हिरासतमा लिएर छानबिन गर्दै छ। पत्रीकाको ठेगाना सम्पर्क नम्बर सबै “फेक” राखेर चलाएकोले झन् सन्देहस्पद देखिन्छ।
यो नेपाल र भारत बिचमा जनस्तरमा रहेकोे धार्मिक सम्बन्धलाई बिगार्न परिचालित भएको एउटा नमुना हुन। यस्तो षड्यन्त्र धेरै अगाडि देखि पशुपतिनाथ परिसरमा भैरहेको रेकर्ड म संग छ तर बिदेशी द्वारा चालिएको षड्यन्त्रको “ट्रीक” नबुझ्ने जनमासको अगाडि भन्यो भने कुरा नबुझ्ने भएर मौन बसिरहेको मात्रै हुँ यो त एउटा नमुना मात्रै हो त्यहाँ थुप्रै यस्ता पात्रहरू चलखेल गर्दै पशुपतिनाथको गरिमा गिराउने काम भैरहेको छ।
खुल्ला सिमाना भएको दुई मुलुकमा राजनीतिक सम्बन्ध हिजो देखि आज हुँदै भोलि पनि उतारचढाव भइ रहन्छ, वादविवाद मनमुटाव चल्दै रहन्छ, तर जनस्तरमा सम्बन्ध बिग्रेर गयो भने त्यसले धार्मिक साँस्कृतिक जनजीवनमा भारतलाई भन्दा नेपाललाई बढी असर गर्छ र त्यसको सोझो फाइदा तेस्रो शक्तिले लिन्छ त्यो तेस्रो शक्तिको नाम लिइरहन नपर्ला !

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय