
काठमाडौं । अभिनेत्री मनीषा कोइरालाले नारायणी प्रादेशिक अस्पताललाई भेन्टिलेटर सहित विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराएकी छन् ।
कोरोना संक्रमितको भिड बढ्दै गएपछि स्वास्थ्य सामग्रीको अभावले कतिपय बिरामीको उपचार हुन नसकिरहेको अवस्थालाई मध्येनजर हर्दै अभिनेतृ कोइरालाले विरगञ्जमा रहेको नारायणी अस्पताललाई भेन्टिलेटर अक्सिन लगायतका स्वास्थ्य सामग्री प्रदान गरेकी हुन् ।
अभिनेत्री कोइरालाले नारायणी अस्पताललाई चार थान भेन्टिलेटर प्रदान गरेकी छन् । यस्तै उनले १ सय थान पीपीई, फेस सिल्ड र मास्क पनि प्रदान गरेको अस्पताल प्रशासनले जानकारी गराएको छ ।
कोरोना कहरको दोस्रो लहरसँगै आइपरेको विषम परिस्थितीमा अभिनेत्री कोइरालाले प्रदान गरेको भेन्टिलेटरले धेरैको ज्यान जोगाउन सकिने सो अस्पतालको प्रशासनले बताउदै सहयोगका लागि अस्पतालका तर्फबाट धन्यवाद ज्ञापन गरिएको छ ।
दोस्रो चरणको कोरोना संक्रमणले धेरै नेपाली प्रभावित भएको र आफ्नो तर्फबाट पनि केही गर्न सकिन्छ कि भन्ने उद्देश्यले यो सहयोग गरेको अभिनेत्री मनीषा कोइरालाले प्रतिक्रिया दिएकी छिन्