नेपालमा कोरोना अपडेट : एकै दिन २१४ जनाकाे मृत्यु, ९२४७ मा संक्रमण पुष्टि, आईसीयूमा एक हजार २५९ जना र भेन्टिलेटरमा चार सय जना

द्वारा प्रकाशित गरिएको हो |
२०७८ जेष्ठ ३, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं, ३ जेठ  । कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार २१५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अपडेट गर्दै नेपालमा कोरोना भाइरसबाट हालसम्म पाँच हजार २१५ जनाको मृत्यु भएको छ जनाएको छ ।

त्यस्तै  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको छ ।  चौबीस घण्टामा पिसिआर जाँच गरिएका २१ ह्जार ६५३ जनाको मध्यमा सो संख्यामा संक्रमितहरु थपिएका हुन् । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाभाइरसका कुल सङ्क्रमित चार लाख ६४ हजार २१८ पुगेको जनाएको छ । त्यस्तै मन्त्रालयले एक लाख १३ हजार ४८० जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ । त्यस्तै सक्रिय संक्रमितमध्ये एक लाख ६ हजार ५१० जना होम आइसोलेसनमा छन् भने छ हजार ९७० जना  आइसोलेसनमा रहेका छन् । त्यस्तै आईसीयूमा एक हजार २५९ जना र भेन्टिलेटरमा चार सय जना रहेका छन् ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा पाँच हजार ७६७ सङ्क्रमित कोरोनामुक्त भएको उल्लेख गरेको छ । हालसम्म नेपालमा तीन लाख ४५ हजार ५२३ जना कोरोनामुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

सतर्क हौं !! – मोहन लामा रुम्वा

सतर्क हौं !! – मोहन लामा रुम्वा

– मोहन लामा रुम्वा ::::::::::::: गतवर्ष प्रधानमन्त्री K.P. ओलीले चुच्चे नक्सा निकाल्दा नेपाल र भारतको सम्बन्ध राजनैतिक तहमा मात्रै होइन जनस्तरमा पनि बिग्रन पुग्यो, नेपाल..