बाहुन क्षेत्री र कम्युनिस्ट !! – मोहन लामा रुम्वा

द्वारा प्रकाशित गरिएको हो |
२०७८ जेष्ठ ३, मा प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

– मोहन लामा रुम्वा
ओबामाले बाइबल छोएर सपथ खाएर बोल्दा सामान्य त्रुटि भएपछि फ़ेरि भोलिपल्ट सपथ खान परेको थियो।
यिनैले बनाएको संविधानको सपथ पत्रमा “इश्वर” सब्द छ त्यो सब्द हिजो नै संविधानमा नराखेको भए पनि हुने थियो तर राखेपछि बोल्न पर्थ्यो मात्रै होइन बिधिको शासन भएको मुलुकमा बोल्न बाध्य हुनुपर्छ तर ख्वै किन हो अहिलेसम्म नेपालको कम्युनिस्ट नेताहरूले उच्चारण गरेको देख्न पाएको छैन।
धेरै सर्वसाधारणलाई यस्तो लाग्दो होला कम्युनिस्टहरुको आफ्नो सिद्धान्त विपरीतको कुरा भएकोले “ईश्वर” सब्द उच्चारण नगरेको होला !
तर यो कुरा सरासर गलत हो किनभने कम्युनिस्टको सिद्धान्त अनुसार त पुँजीवादी संसदीय व्यवस्थामा सहभागी भइ सरकार चलाउनु पनि सिद्धान्त विपरीत कुरा हुन, कम्युनिस्ट सिद्धान्त अनुसार त पुँजीवादी व्यवस्थाको संसद भनेको बोकाको टाउको राखेर कुकुरको मासु बेच्ने पसल हो। कम्युनिस्ट दर्शन अनुसार बर्गिय अधिनायकवाद बेगरको राज्यव्यवस्था भनेको दलाल पुँजीवादीको सत्ता हो तर यही पुँजीवादी संसदीय व्यवस्थालाई नै महान क्रान्तिकारी उपलब्धि भन्दै पुँजीवादी संसदीय व्यवस्था नै पार्टीको न्युनतम सिद्धान्त बनाइ सकेपछी फ़ेरि कम्युनिस्ट कसरी भयो ?
कम्युनिस्टको मुलभुत सिद्धान्तको नाममा “सी” अक्षर पनि नराखेर फाल्ने कम्युनिस्ट नेताहरूले फ़ेरि जब जब आफ्नो स्वधर्म स्वसंस्कृति स्वपहिचानको कुरा आउँछ त्यतिबेला मात्रै म त “कम्युनिस्ट” हो नी भनेर तर्किन्छ किन ?
अर्को अचम्मको कुरा चाहिँ त्यही कम्युनिस्ट यदि बाहुन क्षेत्री जातिको छन् भने अरुको धर्म अरुको संस्कृति अरुको पहिचानको कुरा गर्दै हामीले तिमीहरूलाई पहिचान दिलायौं ! हामीले पहिचानको अधिकार दिलायौं भन्दै पहिचानवादी जातिवादी बन्न पुग्छ ! तर त्यही बाहुन क्षेत्री कम्युनिस्टलाई कसैले अर्काको पहिचान त हामीले स्थापित गर्‍यौं अब हाम्रो पहिचान चाहिँ के हो नी कमरेड ? भनेर प्रश्न गर्‍यो भन्ने भन्न थाल्छ हामी त कम्युनिस्ट हो नी कमरेड !!
हो यहीँबाट नेपाली कम्युनिस्टको दोहोरो चरीत्र उदाङ्ग हुनपुग्छ ! बाहुन क्षेत्रीको पहिचानको कुरा उठ्दा हामी त “कम्युनिस्ट” हो नी भन्ने बाहुन क्षेत्री कम्युनिस्टहरु जब साथमा रहेकोे अर्को गैर हिन्दु कमरेडको हकमा कुरा आउँदा चाहिँ उनीहरुको जातीय पहिचान धार्मिक पहिचानको वकालत गर्न उहि थाल्छ ! अचम्म छ नी होइन र ?
तर अचम्म नमान्नोस ! कुनै पनि कुराको कारण हुन्छ यसको एउटै कारण छ जबसम्म नेपालमा हिन्दु धर्म समुल रूपमा मासिदैन तबसम्म नेपालमा कम्युनिस्टलाई पश्चिमी हरुले मोटाघाटा बनाई प्रश्रय दिएर राखिरहने छ।
हाम्रो लागि कम्युनिस्ट कति आवश्यक होला या नहोला यो अलग्गै बहसको कुरा हो तर नेपालको इतिहास यहाँको रैथाने मौलिक संस्कृति विशेष गरि सनातन हिन्दु धर्म नाश गर्न कम्युनिस्ट बाहेक अर्कोले यो काम फत्ते गर्न नै सक्दैन त्यसैले कम्युनिस्ट हामीलाई भन्दा पश्चिमी जगतलाई अपरिहार्य आवश्यकता छ भन्नेमा कुनै सन्देह छैन !
त्यसैले नेपालमा कम्युनिस्टलाई सबै कुरा छुट छ, भ्रष्टाचार गर, हत्या गर,गुण्डागर्दी गर,कम्युनिस्ट सिद्धान्त आदर्श सबै खोलामा फालेर हिंड् सबै छुट छ उ त्यतिबेला सम्म कम्युनिस्ट नै भइ रहन्छ तर कुनै कम्युनिस्टले अलिकति मात्रै हल्का पुर्वीया दर्शन नेपाली संस्कृति नेपालीपन बारेमा कुरा गर्न मात्रै थाल्यो भने त्यसपछि ठान्नु त्यो मान्छे एमालेका मोदनाथ प्रश्रतिलाई जस्तो मुद्दा झुन्डिन थाल्छ…… माओवादी नेता बालकृष्ण ढुंगेल जस्तो जेलमा कोचिन पुग्ने छ, रामचन्द्र अधिकारी जस्तो सडकमा भौंतरीदै हिंड्न पर्ने छ !
त्यसैले कम्युनिस्टले ईश्वरको नाउँ किन लिँदैन ? भनेर उनको सिद्धान्त तर्फ गएर नबुझ्नु उनको दानापानी जुटाई दिने दाताको मनसुवा के हो भनेर बुझ्नु सबै कुरा छर्लङ्ग हुनेछ। अत: अकारण केही हुन्न सबै कारकको पछी कारण हुन्छ ! कारण यही हो।
(तस्बिरमा मुस्लिम कम्युनिस्टहरु पार्टी अफिसमा नमाज अदा गर्दै……)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

सतर्क हौं !! – मोहन लामा रुम्वा

सतर्क हौं !! – मोहन लामा रुम्वा

– मोहन लामा रुम्वा ::::::::::::: गतवर्ष प्रधानमन्त्री K.P. ओलीले चुच्चे नक्सा निकाल्दा नेपाल र भारतको सम्बन्ध राजनैतिक तहमा मात्रै होइन जनस्तरमा पनि बिग्रन पुग्यो, नेपाल..