नेपालको स्थिती पनि भयावह : एकै दिनमा १३९ को मृत्यु , ९ हजार २७१ जना संक्रमित

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख २७, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं, २७ वैशाख । कोरोना भाइरस संक्रमणबाट थप १३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले व्यवस्थापन गरेको शवको तथ्यांकका आधारमा १३९ जनाको मृत्यु भएको पाइएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ९,२७१ जना संक्रमित थपिएका छन् । १७ हजार ६२३ जना पीसीआर परीक्षण र ७८८ जनाको एन्टिजेन परीक्षणमा यो संख्यामा संक्रमित भेटिएका हुन् ।

आज थपिएका संक्रमितमध्ये ३ हजार ६०७ जना उपत्यकामा मात्रै भेटिएका छन् । जसमध्ये काठमाडौंमा सर्वाधिक २ हजार ७७५, ललितपुरमा ५ सय ५ र भक्तपुरमा ३ सय २७ जना छन् ।

पछिल्लो २४ घण्टामा ४००७ जना संक्रमणमुक्त भएका छन् । सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ६७१५ जना संस्थागत आइसोलेसनमा र ५६ हजार ४२६ जना होम आइसोलेसनमा रहेका छन् । हाल आईसीयूमा ९१० जना र २९५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

किन घट्यो मतदाताको उत्साह  ? – सम्पादकिय

किन घट्यो मतदाताको उत्साह ? – सम्पादकिय

पाँच वर्षपछि भएको स्थानीय तह निर्वाचनमा अपेक्षाकृत मतदाताको सहभागिता रहने । निर्वाचन आयोगले  देशभर ६२ प्रतिशत मतदान भएको प्रारम्भिक तथ्याङ्कलाई सच्याएर ७० प्रतिशत मतदान भएको..