आमा दिवश विशेष, आमाका अनुभूतिहरू सहित

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख २५, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

ए वान न्यूज,

अन्तराष्ट्रिय नेपाली समाज ( इन्स) महिला समितिको आयोजनामा आमा दिवश तथा मातातिर्थ औशीको पावन अवसरमा आमा दिवस विशेष कार्यक्रम तथा आमाहरूका विशेष अनुभूतिहरू भर्चुअल मार्फत सुन्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा नेपालबाट विभिन्न महिला व्यक्तित्वहरुको सहभागिता रहनेछ भने उनीहरुले आफ्ना अनुभूतिहरु राख्ने छन्। त्यस्तै, कार्यक्रममा विभिन्न साहित्यीक सिर्जना बाचन पनि गरिने भएको छ। कार्यक्रम जुम अनलाइन मार्फत गरिनेछ भने कार्यक्रमलाई फेसबुक लाइभमा पनि हेर्न सकिनेछ।

अन्तरराष्ट्रिय नेपाली समाज नेपालीहरुको एक बिशुद्ध सामाजिक संस्था हो। समाजले नेपाली भाषा, साहित्य, कला, आर्थिक, सामाजिक रुपान्तरणको लागि काम गर्ने धेय राखेको छ। त्यस्तै, संस्थाले विश्व नेपाली साहित्य सम्मलेन समेत गरेको थियो। त्यस्तै, समाजले नेपाली भाषा, साहित्य र कलाको क्षेत्रमा विशेष योगदान दिने व्यक्तित्वलाई हरेक वर्ष रू एक लाख बराबरको आईएनएस सम्मान तथा पुरस्कार प्रदान गर्नेसमेत भएको छ ।

समाजले भर्चुअलरुपमा आयोजना गरेको विश्व नेपाली साहित्य सम्मलेनको घोषणापत्र–२०२१ मा स्रष्टाहरूको स्तरीय कृतिलाई प्रकाशन गर्न प्रोत्साहन गर्ने र त्यस्ता कृतिलाई अन्तर्राष्ट्रियकरण गर्ने, मानवीय मूल्य मान्यताको संरक्षण, सम्बर्धन र प्रवद्र्धनका लागि धर्म र संस्कृतिको रक्षा गर्ने एवं सामाजिक कुप्रथालाई साहित्यमार्फत सचेत गराउँदै लानेलगायत १६ बुँदा छन् ।

समाचार श्रोत- आयोजक समिति

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

सतर्क हौं !! – मोहन लामा रुम्वा

सतर्क हौं !! – मोहन लामा रुम्वा

– मोहन लामा रुम्वा ::::::::::::: गतवर्ष प्रधानमन्त्री K.P. ओलीले चुच्चे नक्सा निकाल्दा नेपाल र भारतको सम्बन्ध राजनैतिक तहमा मात्रै होइन जनस्तरमा पनि बिग्रन पुग्यो, नेपाल..