
इजरायलको राजधानी जेरुसलममा रहेको अल अस्का मस्जिदमा गरिएको इजरायल प्रहरीको कारबाहीमा २०० भन्दा बढी प्यालेस्टाइनी नागरिकहरु तथा ६ इजरायली प्रहरी घाइते भएका छन् ।
प्यालेस्टाइन र इजरायलबीच भूमीको विषयलाई लिएर लामो समयदेखि विवाद र युद्द हुँदै आएरहेको छ । कहिले केही मत्थर हुने र कहिले अत्यन्तै तनावको स्थितीमा रहने यी दुई देशविचको विवाद फेरी सतही वनेको छ ।
इजरायल प्रहरीले मस्जिदमा प्रार्थना गरिरहेका प्यालेस्टाइनीहरूलाई निकाल्ने प्रयास गर्दा मुठभेड भएको बीबीसीले जनाएको छ । रेड क्रिसेन्टले ८८ जना घाइते प्यालेस्टाइनीहरुलाई अस्पताल भर्ना गरिएको बताएको छ । उनीहरु धेरैमा रवरको गोलीबाच आँखा र अनुहारमा चोटपटक लागेको बताइएको छ ।
रमजानको अन्तिम शुक्रबार उक्त मस्जिदमा हजारौं प्यालेस्टाइनीहरू पुगेर प्रार्थना गरिरहेका थिए भने इजरायलले आफ्नो भूमि भन्दै दाबी गर्दै आएको क्षेत्रबाट प्यालेस्टाइनीहरूलाई हटाएकोमा विरोध समेत गरेका थिए ।
घटनामा संलग्न भएको आशंकामा सयौं प्यालेस्टाइनीलाई पक्राउ समेत गरिएको छ । करिव ७० हजारको संख्यामा मुस्लिमहरु प्रर्थनास्थल अल अस्का मस्जिदमा सहभागी रहेको जनाइएको छ ।
केही समयदेखि इजरायली सुरक्षाकर्मीले प्यालेस्टाइनी नागरिकमाथि दमन गर्दै आएको मानवअधिकारवादी संस्थाहरूले बताउदै आइरहेका छन् ।