
नेपाली गायक अर्थर गन उर्फ दिवेश पोखरेल अमेरिकन आइडलको शीर्ष सातमा पुग्न सफल भएका छन् । उनी फिल्म ‘कोको’को ‘रिमेम्बर मी’बोलको गीत गाएर शीर्ष सातमा प्रवेश गरेका हुन् । गत वर्ष जस्ट स्याम आइडलको विजेता बन्दा उनी उपविजेता पोखरेल आइडलले गत वर्षका १० गायकगायिकालाई ‘कमब्याक प्रस्तुति’मार्फत यो सिजनको शीर्ष १० मा प्रवेश गर्ने मौका प्राप्त गरेका थिए । पुन: शिर्ष ७ मा छनौट भएसँगै अमेरिकन आइडलको विजेता वन्ने सपना वलियो वनेको छ ।
उनी ‘लाइभ भोट’बाट शीर्ष सातमा प्रवेश गरेका हुन् । शीर्ष सात प्रवेशका लागि प्रतिस्पर्धीहरुले डिज्नीको गीत गाएका थिए ।
अमेरिकन आइडलकी जज गायिका केटी पेरीले शिर्ष सातको लागि दिएको प्रस्तुतिलाई आजसम्मकै उत्कृष्ट भन्दै तारिफ गरेकी थिइन । गायिका पेरीले गीतमा भनेजस्तै हामीले तिमीलाई बिर्सेका थिएनौं भन्दै अगाड़ि भनिन – “हामीले सधैं तिमीलाई सम्झिरह्यौं,” । त्यस्तै जजको रुपमा रहेका अर्का गायक लायोनल रिचीले पनि पोखरेलको गायनशैलीको तारिफ गर्दै भने – ‘स्टाइलिस हुनु ठूलो कुरा हो । तिमी जुनसुकै गीतलाई पनि आफ्नै बनाएर गाउन सक्छौ । तिमीलाई आइडलमा पुन: स्वागत छ ।’
‘फेरि यो स्टेजमा फर्कँदै गर्दाको अनुभव कस्तो थियो ?,’ भन्ने प्रश्नको जवाफमा पोखरेलले भनेका थिए, ‘सुरुमा त मलाई अचम्म लाग्यो । फेरि यही स्टेजमा गाउन पाउँछु भन्ने खुसी पनि लाग्यो ।’
कमब्याक प्रतिस्पर्धीको घोषणापछि धेरैले यसलाई पोखरेलका लागि अमेरिकन आइडल जित्ने दोस्रो मौकाका रूपमा चर्चा गरेका थिए । पोखरेलले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्नो खुसी साट्दै भनेका छन् – ‘सर्वप्रथम त ज-जसले मलाई भोट दिनुभयो उहाँहरु सबैलाई धन्यवाद, र अमेरिकन आइडललाई पनि यो अवसरका लागि धन्यवाद । फेरि आइडलको स्टेजमा फर्कन्छु भन्ने सोचेको थिइनँ ।’
दिवेशले शिर्ष ७ को लागि दिएको प्रस्तुती :