देवरसँगको अनैतिक सम्वन्ध खुलेपछि श्रीमानको हत्या गर्ने युवती पक्राउ

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख २२, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

देवरसँगको अनैतिक सम्बन्ध खुलेपछि पतिको हत्या गरेर फरार महिला पक्राउ परेकी छन् । धनुषाको हंसपुर नगरपालिका–६ टिल्हीकी २३ वर्षीया सुशीलादेवी मण्डल पतिको हत्या गरी  फरार भएकी थिइन् । सुशीला, उनका देवर अनिल मण्डलसहित चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका अन्य दुई जनामाथि भने सुशीला र अनिललाई भगाउन सघाएको आरोप प्रहरीको छ ।

सुशीलाले गत शुक्रबार राति देवरसहितको सहयोगमा २५ वर्षीय श्रीमान शम्भु मण्डलको घाँटी रेटेर हत्या गरेकी थिइन् । केही समयअघि मात्र वैदेशिक रोजगारीबाट फर्किएका मृतकले भाइसँग आपत्तिजनक अवस्थामा भेटेपछि श्रीमती सुशीलालाई कुटपिट गरेका थिए ।

कुटपिटपछि भागेर माइत गएकी सुशीलाले घर फर्किएर श्रीमानको हत्या गरेकी थिइन् । घटनापछि फरार देवर भाउजुलाई उदयपुर सदरमुकाम गाइघाटबाट पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ । धनुषा प्रहरीका प्रवक्ता डिएसपी मकेन्द्र मिश्रले उनीहरुलाई गाइघाटस्थित मन्दिरमा बसेका बेला पक्राउ गरिएको बताए ।

‘पक्राउ परेकी श्रीमती सुशीला देवी र भाइ अनिलले आफूहरु मिलेर शम्भुको हत्या गरेको स्वीकार गरेका छन् । तर के कति कारणले हत्या गरेको हो भन्ने कुरा खुल्न बाँकी छ । थप अनुसन्धान भइरहेको छ’ प्रहरी उपरीक्षक राणाभाटले भने । यद्दपी देवर भाउजुको अनैतिक सम्बन्धको कारण नै शम्भुको हत्या भएको हुन सक्ने प्रहरीको पनि आशंका रहेको  छ । घटनामा बद्रीका अर्का माहिलो भाइ अझै पक्राउ पर्न सकेका छैनन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

सतर्क हौं !! – मोहन लामा रुम्वा

सतर्क हौं !! – मोहन लामा रुम्वा

– मोहन लामा रुम्वा ::::::::::::: गतवर्ष प्रधानमन्त्री K.P. ओलीले चुच्चे नक्सा निकाल्दा नेपाल र भारतको सम्बन्ध राजनैतिक तहमा मात्रै होइन जनस्तरमा पनि बिग्रन पुग्यो, नेपाल..