प्रधानमन्त्री नतान्याहु फेरी पनि वहुमत सिद्ध गर्न असफल, नयाँ सरकार गठनमा अन्यौल कायमै

२०७८ बैशाख २२, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

ए१न्यूज इजरायल

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु फेरीपनि नयाँ गठबन्धन सरकार निर्माण गर्न असफल भएका छन् ।

दुई वर्षको अन्तरालमा चौथो पटक सम्पन्न संसदिय चुनावबाट पनि कुनै पनि पार्टीलाई बहुमत प्राप्त भएको छैन । १२० सदस्यिय संसदमा गत आम निर्वाचनमा ३० स्थानमा जीत हासिल गरी पहिलो पार्टी वन्न सफल प्रम नतान्याहुको लिकुड पार्टीलाई नयाँ गठबन्धन सरकार निर्माणका लागि  ४ मई मंगलवारको मध्यरातको समयसीमा तोकिए पनि प्रम नतान्याहुले त्यस अवधिमा  गठबन्धन निर्माण गर्न सकेनन्  ।  गत मार्च २३ यता संसदमा बहुमत हासिल गर्न सङ्घर्ष गरिरहे पनि यसपालि पनी नतान्याहु संसदमा वहुमत जुटाउन असफल रहे ।

प्रधानमन्त्री नेतन्याहूलाई नयाँ सरकार गठन गरी संसदमा बहुमत सिद्ध गर्न इजरायली राष्ट्रपति रुभेन रिभलिनले चार हप्ताको समयावधि दिइएको थियो । प्रधानमन्त्री नेतन्याहूले त्यसपछि आफ्ना विपक्षी र साना इस्लामिक अरब पार्टीसँग शृंखलाबद्ध छलफल गरे पनि कुनै सहमति जुटाउन सकेनन् । राष्ट्रपति रिभ्लिनले प्रधानमन्त्री नेतन्याहुलाई दिएको समयसीमा ४ मईको मध्यराति समाप्त भएको छ । प्रधानमन्त्रीले बहुमत सिद्ध गर्न नसके राष्ट्रपति रुवेन रिभ्लिनले नयाँ कदम चाल्नु पर्नेछ । बहुमत सिद्ध गर्न नसके पनि नेतन्याहुको प्रधानमन्त्री पद गइहाल्ने छैन । राष्ट्रपति रिभलिनले नेतन्याहूलाई अरु दुई साताको समय दिन सक्नेछन् । अथवा, राष्ट्रपतिले विपक्षीलाई सरकार बनाउन आमन्त्रण गर्न सक्नेछन र अन्य दलहरुले वहुमत जुटाएको अवस्थामा १२ वर्षयता पहिलो पटक नेतान्याहुको लिकुड पार्टी सत्ता बाहिर पुग्ने स्थिति सिर्जना हुन सक्नेछ भने कसैले पनि वहुमत जुटाउन नसकेको अवस्थामा पुन: २ बर्षको अवधिमा पाँचौं पटक आम चुनावमा जानुपर्ने अवस्था नआउला भन्ने पनि सकिने अवस्था छैन ।

राष्ट्रपति रिभ्लिनले आज (बुधबार) संसदमा विपक्षीको रुपमा देखिएका १३ दलका नेतालाई सम्भावित गठबन्धनका बारेमा छलफल गर्न आमन्त्रण गरेका छन्  । ति दलका नेताहरु मध्ये कसैले सहमति जुटाउन सके उनलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्न सक्नेछन्   । राष्ट्रपतिले संसदलाई नै नयाँ प्रधानमन्त्री छनौटका लागि जिम्मा दिएको अवस्थामा संसदले नयाँ प्रधानमन्त्री चुन्नेछ । यदि सबै विकल्पहरु असफल भए फेरि  संसदको चुनाव हुनेछ ।

लिकुड पार्टीले १२० सदस्यीय संसदमा ३० स्थान जितेको थियो । तर सरकार गठन गर्न कम्तीमा ६१ स्थान आवश्यक पर्दछ । राष्ट्रपति रिभलिनले गत महिना प्रधानमन्त्री नेतन्याहूले संसदमा ५२ जना सांसदको सहमति सहितको हस्ताक्षर प्रस्तुत गरेपछि प्रधानमन्त्रीमा पहिलो अवसर दिएका थिए । तर ४५ सांसदको समर्थन प्राप्त गरेका याईर लापिडलाई अब राष्ट्रपतिले दोस्रो मौका दिने सम्भावना बढेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय