उपत्यकाको निषेधाज्ञा एक साता थपियाे, अब थप कडाई

२०७८ बैशाख २१, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

ए१न्यूज नेपाल

काठमाडौं । काठमाडौं उपत्यकामा  वैशाख २९ गतेसम्मको लागि निषेधाज्ञा लम्ब्याइएको हो ।

मंगलबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको छलफलपछि निषेधाज्ञा लम्ब्याइएको काठमाडौं जिल्ला प्रशासनने  जनाएको छ  ।

वैशाख १६ गतेदेखि लगाइएको निषेधाज्ञा बुधबार सकिँदै गर्दा एक हप्ता थपिएको हो । साथै निषेधाज्ञालाई थप व्यवस्थित र कडाइसमेत गरिएको बताइएको छ ।

  • बिहान ७ देखी ९ बजेसम्म मात्रै पसल खाेल्न पाइने

  • यसअघि जारी भएका सबै पास खारेज

  • ठेला गाडा चलाउन नपाइने

अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पनि रोक लगाउने निर्णय भएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार यसअघि जारी भएका सबै पास खारेज गर्ने निर्णय समेत भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो २५ प्रतिशत कार्यालय खोल्न पाउने र त्यहाँ २० प्रतिशत कर्मचारीले मात्रै काम चलाउनुपर्ने निर्णय भएको छ । कवाडी संकलन लगायत ठेला गाडा समेत सञ्चालनमा रोक लगाइएको उनले बताए ।

त्यसैगरी सञ्चारगृहहरुका लागि सूचना विभागले वितरण गर्ने पासको प्रयोग अनिवार्य गरिएको छ । त्यस्तो पास नभएकाहरुले न्युनतम व्यक्ति राखेर सञ्चालन गर्नुपर्ने र सो को जानकारी जिल्ला प्रशासन कार्यालयलाई दिनुपर्ने छ ।

स्थानीय प्रशासन ऐन २०२८ अनुसार परिस्थिति अनुसार प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा लगाउन सक्ने प्रावधान छ ।

हालसम्म देशका ४८ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार अहिलेसम्म ४८ जिल्लामा निषेधाज्ञा जारी भएकोमध्ये ९ जिल्लामा आंशिक र बाँकीमा पूर्ण निषेधाज्ञा जारी भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय