दाजु, भाउजु निदाइरहेकाे बेला ढोका थुनेर आगो लगाएर भाग्ने भाई पक्राउ

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख २१, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

लमजुङ । आफ्नै दाजु भाउजुको परिवार घरभित्र सुतिरहेको बेलामा रातको समयमा घरमा आगो लगाई भागेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । लमजुङ दुधपोखरी गउँपालिका– १ कुस्वाँरा घर भएका ३१ बर्षीय रोहनराज धिताललाई प्रहरीले पक्राउ गरेको छ ।

अभियुक्त धितालले आफ्नो दाजु महेश्वर धिताल भाउजु लगायतका जना ४ घरपरिवारहरू घरभित्र सुतिरहेको अवस्थामा घरको ढोकामा बाहिरबाट चुक्कल लगाई घरमा आगो लगाई फरार भएको प्रहरीले दावी गरेको छ । प्रहरीका अनुसार अभियुक्त रोहनले यही बैशाख ९ गते राती अन्दाजी तीन बजेको समयमा आगो लगाई फरार भएका थिए । तर, महेश्वरले घरमा आगलागी भएको थाहा पाई गुहार मागेपछि गाउँलहरु गई ढोका फोरेर उनीहरू बाच्न सफल भएको गाउँलेको भनाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

फरार भएका रोहनराज धिताललाई कानुन बमोजिम कारवाही गर्न उनी माथी आपराधिक उपद्रव शिर्षकमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङ सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए । रेग्मीका अनुसार सो मुद्दामा जिल्ला अदालत लमजुङबाट १५ दिनका लागि हिरासत म्याद आदेश लिई यस कार्यालयको हिरासतमा राखी आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगतर्फ थप अनुसन्धान भइरहेको छ । उनले भने, ‘सो घटनामा महेश्वर धितालको घर पूर्ण रुपमा जली घरमा रहेको लत्ता कपडा, अन्नपात, भाँडा बर्तन तथा नगद रकम र सुन लगायतका धनमालहरू गरी १५ लाख बराबारको क्षति भएको अनमान गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

गीतकार तथा सामाजिक अभियन्ता नबराज खड्का गौरीशंकर काठमाण्डौ सम्पर्क मंचको अध्यक्षमा सर्वसम्मत चयन

गीतकार तथा सामाजिक अभियन्ता नबराज खड्का गौरीशंकर काठमाण्डौ सम्पर्क मंचको अध्यक्षमा सर्वसम्मत चयन

यही भाद्र २९ गते,  शनिवार दोलखा जिल्ला गौरीशंकर गाउँपालिका स्थायी घर भै हाल काठमान्डौ रहेका नेकपा एमालेका आम नेता कार्यकर्ताहरुको काठमान्डौ तीनकुने स्थित रोयल ब्यन्केटको..