इजरायलद्वारा आफ्ना नागरिकलाई कोरोना संक्रमण तिब्र रहेका ७ मुलुक प्रवेशमा रोक

२०७८ बैशाख १९, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, पछिल्लो समय कोरोना महामारी बढेको भन्दै इजरायलले आफ्ना नागरिकलाई पछिल्लो समय कोरोना संक्रमणले तिब्रता लिदै गएका  विभिन्न मुलुकको भ्रमणमा रोक लगाएको छ ।

पछिल्लो समयमा कोरोना भाइरसको न्यु भेरिएन्ट भेटिएको तथा अवस्था भयावह भएकाले इजरायलले भारत लगायत युक्रेन, इथियोपिया, ब्राजिल, दक्षिण अफ्रिका, भारत, मेक्सिको र टर्की गरी

सात मुलुकमा जान आफ्ना नागरिकलाई प्रबिबन्ध लगाएको हो ।

महामारीको खतरा निकै बढेको भन्दै इजरायलले आफ्ना नागरिकलाई आगामी सोमबारबाट शुरु भई  १३ दिनसम्म सो प्रतिबन्ध रहने गरी प्रवेशमा रोक लगाएको इजरायली संचारमाध्ययमहरुले जनाएका छन् ।

विशेष गरी दक्षि भारतमा मात्र  पछिल्लो २४ घण्टामा  ३ लाख ९२ हजार ५६२ जनामा कोरोना संक्रमित थपिएका छन ।

उक्त अवधिमा ३६ सय ८८ कोरोना संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म संक्रमितको संख्या १ करोड ९५ लाख ४९ हजार ६५६ पुगेको छ । मृतकको संख्या २ लाख १५ हजार ५२३ पुगेको छ ।

यस्तै १ करोड ५९ लाख ८१ हजार ७७२ संक्रमित निको भएका छन् । ३३ लाख ५२ हजार ३६१ सक्रिय संक्रमित रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय