
फाईल तस्विर
सामाजिक अभियन्ताहरुको पहलमा काठमाण्डौ उपत्यकामा निशुल्क एम्वुलेन्स सेवा संचालन गरिएको छ ।
सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले आफू लगायत अन्य लव्धप्रतिष्ठित व्यक्तीहरुको पहलमा उपत्यकामा अक्सिजन तथा प्रार्थमिक उपचारको लागि चाहिने उपकरणसहितको एम्वुलेन्स सेवा शशुरु गरेको जानकारी गराएका छन् ।
सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले आफू लगायत अन्य लव्धप्रतिष्ठित व्यक्तीहरुको पहलमा उपत्यकामा अक्सिजन तथा प्रार्थमिक उपचारको लागि चाहिने उपकरणसहितको एम्वुलेन्स सेवा शशुरु गरेको जानकारी गराएका छन् ।
शाहीले फेसवुक लाईभमा बोल्दै स्टाटस काठमाडौ उपत्यकामा २४सै घण्टा निशुल्क कोभिड एबुलेन्स सेवा (साथमा अक्सिजन )सहित सन्चालन गरेको जानकारी गराए । शाहीले सिधा सम्पर्कको लागि मोवाइल नम्वर 9851277342 ,9851239342, 9851312417 सार्वजनिक गर्दै विशेष गरी विपन्न वर्गकोलागि लक्षित गरी निशुल्क एमेवुलेन्स सेवा संचालन गरेकाले आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुले सेवा लिन सकिने जानकारी गराए । उनले फेसवुक स्टाटस सार्वजनिक गर्दै लेखेका छन् – “कृपया जस्को निजि सावारी साधन छैन जो एबुलेन्सको खर्च तिर्न सक्नु हुन्न उहाँहरुले सम्पर्क गर्नु होला ।
यो कार्यक्रम संचालकहरु सबैलाई धन्यवाद” भन्दै अभिनेता निखिल उप्रेती, पुर्व आईजिपी सर्बेन्द खनाल, पाईलट बिजय लामा, कलाकार केदार घिमिरे” माग्ने बुढा”, ॐ समाज डेन्टल अस्पताल, डा:सुबास घिमिरे, पुर्ब प्याब्सन अध्यक्ष कर्ण बहादुर शाही, अधिवक्ता सन्जय राज अधिकारी, पर्यटन यातायत महासंघका अध्यक्ष रामहरि शर्मा, राप्रपा नेता तथा यातायात बिज्ञ देवेन्द प्रधान, बिराज समाज सेवा, हाम्रो नेपाल हामी नेपाली अन्तर्राष्ट्रिय संयोजक खगेन्द्र थापा लगायते जनही १५ हजार संकलन गरी सेवा शुरु गरेको अभियन्ता शाहीले उल्लेख गरेका छन् ।
भिडियोको पूर्ण अंश :