कोरोना महामारीसँग मुकाबिला गर्न राष्ट्रको सवै शक्ति परिचालन गर्न राप्रपाको जोडदार माग

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख १८, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोरोना महामारीसँग मुकाबिला गर्न राष्ट्रको सवै शक्ति परिचालन गर्न माग गरेको छ ।

राप्रपाका अध्यक्षत्रय पशुपतीशमशेर जबरा, डा.प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय संकटसँग मुकाबिला गर्न राजनीतिक, आर्थिक, बौद्धिक र प्राविधिक शक्तिलाई एकीकृत गरी प्रभावकारी रूपले तत्काल परिचालन गर्न माग गरेका हुन् ।

संक्रमितहरूको निःशुल्क र सहज उपचार हुने व्यवस्था तत्काल मिलाई प्रभावकारी कूटनीतिक प्रयासद्वारा संसारको कुनै पनि देशबाट कोरोनाविरुद्धको खोप उपलब्ध गराई सहज रूपले सम्पूर्ण नेपालीलाई खोप लगाइहाल्ने प्रभावकारी व्यवस्था तत्काल गर्न पनि राप्रपाले सरकारसँग अपिल गरेको छ ।

राप्रापाले विज्ञप्तिमा ‘यस कार्यमा सरकारसँग आवश्यक समन्वय गरी सहयोग गर्न हामी तयार छौं,’ उल्लेख गरेको छ ।

अध्यक्ष कमल थापाले ट्विट मार्फत राप्रपाका सबैतहका नेता कार्यकर्ताहरुलाई आफूले पनि स्वास्थ मापदण्डको पूर्ण पालनागर्न, मापदण्ड उल्लंघन हुनेगरी पार्टीको गतिविधि नगर्न तथा आमजनतालाई कोरोनाबाट बचाउन सक्दो प्रयासगर्न पनि आह्वान गरेका छन् ।

विज्ञप्तिको पूर्ण अंश :

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

नेपालको  स्थिती पनि भयावह : एकै दिनमा १३९ को मृत्यु , ९ हजार २७१ जना संक्रमित

नेपालको स्थिती पनि भयावह : एकै दिनमा १३९ को मृत्यु , ९ हजार २७१ जना संक्रमित

काठमाडौं, २७ वैशाख । कोरोना भाइरस संक्रमणबाट थप १३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले व्यवस्थापन गरेको शवको तथ्यांकका..