एमाले नेता झलनाथ खनाललाई कोरोना संक्रमण : नर्भिक अस्पतालमा भर्ना

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख १८, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालमा कोरोनाको सङ्क्रमण देखिएको छ । पिसिआर परीक्षण गर्दा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । झाडापखाला लागेपछि पीसीआर परीक्षण गर्दा  उनलाई संक्रमण पुष्टि भएको हो।

सङ्क्रमण भएपछि उनलाई अहिले थापाथलिस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना गरिएको छ । यसअघि मनमोहन मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो ।

अहिले खनालको अवस्था सामान्य भए पनि चिकित्सकले अक्सिजन र सोडियमको मात्रा कम भएको बताएका छन्।

खनालको नर्भिक अस्पतालको भीआईपी कक्षमा उपचार भइराखेको छ।

कोरोना संक्रमण भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह, रानी कोमल शाह र छोरी प्रेरणाकोसमेत नर्भिक अस्पतालमै उपचार भइराखेको छ ।

सङ्क्रमणको दोस्रो लहर आएपछि धेरै मानिसलाई सङ्क्रमण हुन थालेको छ । सरकारकै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

नेपालको  स्थिती पनि भयावह : एकै दिनमा १३९ को मृत्यु , ९ हजार २७१ जना संक्रमित

नेपालको स्थिती पनि भयावह : एकै दिनमा १३९ को मृत्यु , ९ हजार २७१ जना संक्रमित

काठमाडौं, २७ वैशाख । कोरोना भाइरस संक्रमणबाट थप १३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले व्यवस्थापन गरेको शवको तथ्यांकका..