भारतबाट जवर्जस्ती फर्कनेलाई पाँच वर्ष जेल हाल्ने अष्ट्रेलियाको चेतावनी

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख १८, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं । अष्ट्रेलियाले भारतबाट जबर्जस्ती रुपमा देश फर्कने आफ्नै नागरिकलाई समेत पाँच वर्षसम्म जेल चलान गर्न सक्ने भएको छ ।

भारतमा कोरोना महामारी भयावहको स्थितीमा पुगेसँगै भारतबाट आफ्ना नागरिक लगायत सबै यात्रुलाई रोक लगाएको अष्ट्रेलियाले जबर्जस्ती गरेमा पाँच वर्षसम्म जेल वा ६६ हजार अष्ट्रेलियन डलरसम्म जरिवाना गर्न सक्ने नियम पारित गरेको हो ।

बीबीसीका अनुसार भारतमा अहिले नौ हजार अष्ट्रेलियाका नागरिक रहेका छन् भने ६ सय जनालाई जोखिमयुक्त समूहमा राखिएको छ । आफ्ना परिवार भारतमा कोरोनासँग संघर्ष गरिरहेको अवस्थामा सरकारले यस्तो नियम लगाउनु गलत भएको आवाज उठे पनि अष्ट्रेलियाका स्वास्थ्यमन्त्री ग्रेग हन्टले भने सरकारले हल्का ढङ्गले निर्णयहरू नगरेको बताएको बीबीसीले उल्लेख गरेको छ ।
अस्ट्रेलियाले यसअघि भारतसँगको सिधा हवाई उडानमा अस्थायी प्रतिबन्ध लगाएको थियो । भारतसँगको उडानलाई १५ मे सम्मका लागि रोक लगाएको भएपनि अष्ट्रेलियाको पछिल्लो निर्णयले अव भारतमा महामारी नियन्त्रणमा नआएसम्म उडान शुचारु गर्ने बाटो प्राय वन्द देखिन्छ ।
त्यस्तै नेपाल सरकारले भारतिय नागरिकहरुलाई नेपाल प्रवेशमा रोक लगाएको छ भने अमेरिका, बंगलादेश लगायत अन्य केही देशहरुले पनि भारतियहरुलाई प्रवेशमा रोक लगाएका छन् ।

बेलायतले भारतबाट फर्कनेलाई बाध्यकारी क्वारेन्टिनमा बस्नु पर्ने नियम लागु गरेको छ । पछिल्लो समय भारत कोरोना भाइरसको दोस्रो घातक लहरको सामना गरिरहेको छ । त्यहाँ दैनिक संक्रमितको संख्या चार लाखको हाराहारी पुगेको छ । मृत्यु हुनेको दर पनि उकालो लागिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

नेपालको  स्थिती पनि भयावह : एकै दिनमा १३९ को मृत्यु , ९ हजार २७१ जना संक्रमित

नेपालको स्थिती पनि भयावह : एकै दिनमा १३९ को मृत्यु , ९ हजार २७१ जना संक्रमित

काठमाडौं, २७ वैशाख । कोरोना भाइरस संक्रमणबाट थप १३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले व्यवस्थापन गरेको शवको तथ्यांकका..