
ए१न्यूज इजरायल
नेपाली राजदूतावास तेलअभिवले इजरायलमा गत विहिवार धार्मिक पर्व मनाउने क्रममा भागदौड मच्चिदा मत्युभएकाहरु प्रति गहिरो दुख प्रकट गर्दै मृतकका परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ ।
दूतावासले कार्यालयको अफिसियल फेसवुक पेज मार्फत स्टाटस सार्वजनिक गर्दै इजरायलको उत्तरपूर्वमा रहेको माउन्ट मोरनको फेदीमा यहुदीहरुको चाड लाग-वाओमेर मनाउने क्रममा गत राती आफ्नो आफन्त गुमाउने पुगेका आफन्तहरुलाई सम्वोधन गर्दै गहिरो दुख व्यक्त गरेको हो । साथै दुतावासले घटनामा घाइतेभएकाहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
गत बिहीबार उत्तरपूर्वी इजरायलको माउन्ट मरोनमा यहुदीहरुको धार्मिक पर्व लाग्भाओमेर मनाउने क्रममा मच्चिएको भागदौडमा ४४ जना इजरायलीको ज्यान गएको थियो ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उक्त घटनालाई ‘ठूलो विपत्ति’ का रुपमा व्याख्या गरेका छन् । माउन्ट मेरोनको फेदीमा सो पर्व मनाउन हजारौंको संख्यामा मानिस उपस्थित भएका थिए । कोरोना महामारी सुरु भएयता ठूलो संख्यामा मानिसहरु पर्व मनाउन भेला भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
गत वर्ष कोरोना महामारीका कारण उक्त धार्मिक समारोह मनाइएको थिएन । कोरोनाविरुद्धको खोप लगाएपछि इजरायलमा कोरोना लगभक नियन्त्रणको अवस्था रहेका काऱण यस वर्ष धार्मिक समारोह आयोजनाका लागि अनुमति दिइएको थियो ।
घटनाको प्रारम्भिक विवरणअनुसार मानिसहरु भेला भएको स्थानमा एउटा भौतिक संरचना भत्किएको थियो । स्थानीय संचार माध्यय हारेत्जका अनुसार केही मानिस सिँढीमा लड्न थालेपछि भागदौड मच्चिन थालेको हो । तर अधिकारीहरुले त्यतिबेला भागदौड नमच्चिएको दाबी गरेका छन् ।
भागदौडमा घाइते भएका ३८ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
We are deeply saddened by the large number of casualties due to a stampede at a mass gathering to celebrate the Lag B'…
Posted by Embassy of Nepal, Tel Aviv on Friday, April 30, 2021