पुर्व रानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार गरिदै, अवस्था सुधारोन्मुख

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख १७, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

१७ बैशाख । कोरोना संक्रमित पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई प्लाज्मा दिइएको छ । वुधवारबाट आइसियुमा राखी उपचार गराइरहेका शाहलाई बिहीबार नर्भिक अस्पतालले उहाँलाई प्लाज्माद्वारा उपचार गर्न शुरु गरेको हो । शाहको अवस्था अहिले सुधारोन्मुख रहेको अस्पताल स्रोतले जनाएको छ ।

‘बिहीबार साँझ हामीले प्लाज्मा दियौं, अहिले अवस्था सुधारोन्मुख छ,’ उपचारमा संलग्न डा. जेपी जैसवालले भन्नुभयो । उहाँलाई अहिले प्रतिमिनेट १० लिटर अक्सिजन दिइएको छ । ‘प्लाज्मा दिइए पनि अवस्था पूरै सुधार नभएसम्म अक्सिजन हटाउन मिल्दैन,’ जैसवालले भन्नुभयो ।

भारतको हरिद्वारबाट फर्किएपछि पूर्वराजा ज्ञानेन्द्र र रानी कोमललाई कोरोना संक्रमण भएको थियो । वैशाख ७ गते उहाँहरूलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि रानी कोमललाई बुधबार आइसियूमा राखिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

नेपालको  स्थिती पनि भयावह : एकै दिनमा १३९ को मृत्यु , ९ हजार २७१ जना संक्रमित

नेपालको स्थिती पनि भयावह : एकै दिनमा १३९ को मृत्यु , ९ हजार २७१ जना संक्रमित

काठमाडौं, २७ वैशाख । कोरोना भाइरस संक्रमणबाट थप १३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले व्यवस्थापन गरेको शवको तथ्यांकका..