नेपाल म्युजिक एन्ड फेसन अवार्ड : फूलबुट्टे सारी सर्वोत्कृष्ट

२०७८ बैशाख १७, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

काठमाडौं ।यस बर्षको  सर्वोत्कृष्ट गीतको अवार्ड  फूलबुट्टे सारीबाट राजनराज शिवाकोटीले चुमेका छन्  । १० वटा भर्सनमा बनिसकेको गीत फुलबुट्टे चोलीको मार्मिक लामाले गाएको मेल भर्सन युट्युवमा करिव साढे २३ मिलियन भ्युज छ भने गायिका मिलन नेवारको स्वरमा रहेको फिमेल भर्सन ५२ मिलियन वढीले हेरेका छन् ।

गीतसंगीत र म्युजिक भिडियोतर्फ विभिन्न ४७ विधामा प्रदान गरिएको उक्त अवार्ड को आधुनिक गीतमा नबोली नबोली गीतले पाँचवटा अवार्ड जित्यो । यो गीतबाट प्रवीण बेडवालले सर्वोत्कृष्ट, आधुनिक गीत गायकको अवार्ड, समीक्षा अधिकारीले गायिकाको अवार्ड, अर्जुन पोखरेले संगीतकारको अवार्ड, निर्देशक विधान कार्कीले यही गीतबाट म्युजिक भिडियो निर्देशक अवार्ड र सुधीर श्रेष्ठले भिडियो मोडल पुरुष अवार्ड प्राप्त गरे ।

नेपाल म्युजिक एन्ड फेसन अवार्डको फेसनतर्फ विभिन्न २२ विधामा अवार्ड प्रदान गरिएको छ ।

कार्यक्रममा नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले आजीवन योगदान गीत साधक सम्मानबाट वरिष्ठ गीतकार एवं प्राज्ञ उन्नति बोहरा शीलालाई सम्मानित गरे । यस्तै १५ हजार रुपैयाँ राशीसहितको राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सिने पत्रकार विदूर गिरीलाई पुरस्कृत गरियो ।

आधुनिक गीतमै गीतकारको अवार्ड डा. डीआर उपाध्ययले, महिला मोडलको अवार्ड शिलास्मा हमालले, कोरियोग्राफरको अवार्ड केशवराज भट्टले र भिडियो छायाकारको अवार्ड रबिन्द्र बरालले हाँसिल गरे । कृषि गीत अवार्ड डा. योगेन्द्रकुमार कार्कीलाई, क्रिटिक्स अवार्ड भिडियो निर्देशक मिलन चाम्सलाई, पब्लिक च्वाइस अवार्ड लोकदोहोरी गीतकार अनीष दवाडीलाई प्रदान गरियो ।

लोकपप विधामा सर्वोत्कृष्ट गीतकारको अवार्ड गीतकार डब्बु क्षत्रीले मेरो जवानीबाट जिते भने यही गीतबाट बिनु शाक्यले महिला मोडलको अवार्ड चुमिन् । लोकपप गीत गायकको अवार्ड कृष्ण काफ्लेले, संगीतकारको अवार्ड साइज जुरेन गीतबाट राजेन्द्र बजागाईंले र यही गीतबाट गायिकाको अवार्ड कविता शिवाकोटीले जिते । नवगायकको अवार्ड विवेक चौलागाईंले, भिडियो निर्देशकको अवार्ड रूप हेरीबाट रमेश गुरुङले, पुरुष मोडलको अवार्ड अभिनेता प्रदीप बाँसतोलाले साइला माया नलाउनेबाट हासिल गरे । भिडियो सम्पादकको अवार्ड औंठी खसेछ गीतबाट सुरेशकुमार राउतले प्राप्त गरे ।

पप गीततर्फ गायकको अवार्ड जोगी भएँबाट सचिन रौनियारले, गायिकाको अवार्ड तिम्रो फोटोबाट बुनु उप्रेतीले र यही गीतबाट संगीतकारको अवार्ड टंक बुढाथोकीले, गीतकारको अवार्ड गालैको कोठीबाट सुमन पण्डितले जिते । यस्तै म्युजिक भिडियो मोडलको अवार्ड काले केटा २ बाट अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माले हासिल गरे । भिडियो निर्देशकको अवार्ड छक्कै परेंबाट माइकल चन्दले र भिडियो सम्पादकको अवार्ड आऊ मायाबाट सिलन लम्सालले प्राप्त गरे ।

लोकदोहोरीतर्फ सर्वोत्कृष्ट गीतकारको अवार्ड सातैजुनीबाट कमल सरगमले, गायकको अवार्ड माया मारेरबाट नरेश खातीले प्राप्त गरे । गायिकाको अवार्ड फिक्का चियाबाट भूमिका गिरीले चुमिन भने यही गीतबाट खेम पुनले लय भाकाको अवार्ड हासिल गरे यस्तै संगीतकारको अवार्ड सोझो पनबाट रामु खड्काले र मोडलको अवार्ड शिशिर पौडेलले आज मुटुबाट प्राप्त गरे ।

राष्ट्रिय गीततर्फ गीतकारको अवार्ड करोडौं नेपालीबाट बद्री देशारले, सर्वोत्कृष्ट गीतको अवार्ड माया छ मलाईबाट नवराजजँग थापाले र म्युजिक भिडियो निर्देशकको अवार्ड त्यही सच्चा नेपालीबाट रोशनी केसीले हासिल गरिन् ।

लोकगीततर्फ गायकको अवार्ड हे गाजलीबाट हिमालय राजले, गायिकाको अवार्ड माछी भुल्योबाट दीपशिखाले, यही गीतबाट संगीतकारको अवार्ड प्रभावन जेले, पूर्वेली लोकगीतको अवार्ड मछिन्द्र राईले, गीतकारको अवार्ड दौरा सुरुवालबाट बिनिता खनालले र यही गीतको भिडियो निर्देशनको अवार्ड सुव्रतराज आचार्यले प्राप्त गरे ।

चाडपर्व गीतअन्तर्गत तीज गीत गायकको अवार्ड जीवन तामाङले, गायिकाको अवार्ड तृप्ती खड्काले, दसैं गीत गायिकाको अवार्ड दीपा कोइरालाले हासिल गरे । भेग विशेष गीततर्फ पश्चिमेली गीत गायकको अवार्ड उमेश घर्तीमगरले, कौडा गीत संगीतकारको अवार्ड बुकी फूलबाट रेशम गुरुङले रालैजो भाकाको अवार्ड, जेपी नेम्वाङले, भिडियो निर्देशकको अवार्ड भूपेन्द्र गुरुङले हासिल गरे ।

भाषाभाषीतर्फ तामाङ गीतमा गायकको अवार्ड टीका बम्जनले गायिकाको अवार्ड मैना मोक्तानले, गीतकारको अवार्ड कर्म बम्जनले, संगीतकारको अवार्ड विशाल योञ्जनले, नेवारी गायिकाको अवार्ड चाकुमाकुबाट सरिता शाहीले र मोडलको अवार्ड भोजपुरी गीतबाट कृष्ण रसालले चुमे ।

सर्वोत्कृष्ट कस्ट्युम डिजाइनको अवार्ड पहिलो भेटमै गीताबाट दिलमाया मगरले हासिल गरिन् । बालगीतको अवार्ड धन बिनाको मन २ बाट अशोक दर्जीले र बालगीत मोडलको अवार्ड टोपी टोपीबाट बाल मोडल सम्राट दाहालले चुमे । यस्तै हेयर एन्ड मेकअपको अवार्ड तिम्रो लागिबाट गीता पौडेलले हासिल गरिन् ।

यस्तै आधुनिक जुरी अवार्ड अधुनिक विधामा गायकको अवार्ड विश्व नेपालीले, गायिकाको अवार्ड बाजा बजाउँदैबाट सुजाता केसीले, संगीतकारको अवार्ड सरलाबाट सुवास भुषालले, लोकदोहोरी गायकको जुरी अवार्ड खोला खाल्सीबाट विक्रमजंग शाहले, पप गायकको अवार्ड गुणराज श्रेष्ठले, संगीतकारको अवार्ड होमराज श्रेष्ठले, सम्पादकको अवार्ड सन्दिप भुजेलले, लोकपप संगीतकार जुरी अवार्ड आफ्नै मायाबाट सरोज प्याकुरेलले, भिडियो सम्पादकको अवार्ड विकाश ज्ञवालीले हासिल गरे ।

यस्तै जुरीतर्फ नै जीतबहादुर रावतले देउसी गीत गायक, दुर्गा गुरुङले तीज गीतका गायिका र चित्र मास्कीमगरले म्युजिक भिडियो सम्पादक र रामेश थापाले लोकदोहोरी भिडियो मोडलको अवार्ड प्राप्त गरे ।

कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव पेमनारायण कँडेल राष्ट्रिय सेवा सम्मानबाट सम्मानित भए भने वरिष्ठ ब्युटिसियन सोनी कारंजित र ब्युटिसियन शारदा खतिवडालाई सौन्दर्यकला सम्मान, सञ्चारकर्मी सूर्य चन्दलाई कोभिडविरुद्धको सामाजिक अभियान्ता सम्मान, डम्बरबहादुर नेपालीलाई खेलाडी सम्मानबाट सम्मानित गरियो । यस्तै व्यवसायी विनोद पोखरेल, विकाश श्रेष्ठ, गायक गंगाप्रसाद घिमिरे, समाजसेवी मिलनकुमारी गुरुङ, चलचित्रकर्मी रफी शाह, सनमकुमार बैराग, साहित्यकार रामचन्द्र ढकाल, कलाकार रमेश श्रेष्ठ, डा. सन्तोष शर्मा भुषाल, इभेन्ट अर्गनाइजर सानु खान, गीतकार सुरेन्द्र महर्जन (अमर) पनि कार्यक्रममा सम्मानित भए ।

यस्तै फेसन ब्युटी, ब्युटी पेजेन्ट तथा मोडल अवार्डतर्फ वर्षको सर्वोत्कृष्ट पेजेन्ट डिरेक्टर पुरुषको अवार्ड निशुकान्त झाले प्राप्त गरे । पेजेन्ट डिरेक्टर महिलाको अवार्डप्रतिमा कार्कीले, इन्टरनेसनल उमन एचिभर अफ दि इयरको अवार्ड मनीषा डंगोल श्रेष्ठ चुमिन् । वर्षको सर्वोत्कृष्ट हेयर स्टाइलिस्टको अवार्ड रिना अवालेले प्राप्त गरिन् ।

¥याम्प मोडलतर्फ वर्षको सर्वोत्कृष्ट ¥याम्प मोडलको अवार्ड एन्जल श्रेष्ठले, बाल मोडलको अवार्ड जियान श्रेष्ठ, मोफसल मोडलको अवार्ड आकांक्षा विश्वकर्माले, ब्युटी पेजेन्टतर्फ मिसेज मोडलको अवार्ड सनी लिम्बुले, फेसन मोडल पुरुषको अवार्ड ओजस्वी थापाले, महिला मोडलको अवार्ड निरिस्ना दली श्रेष्ठले प्राप्त गरे । फेसन मेकअपको अवार्ड प्रमिला श्रेष्ठले, फेसन डिजाइनरको अवार्ड ममता गुप्ता दारुकाले, फेसन डिजाइनर मोफसलको अवार्ड सपना तिवारीले प्राप्त गरे ।

यस्तै फेसन तथा पेजेन्ट कोरियोग्राफर अफ दि इयरको अवार्ड अश्विनी कान्त झाले, इभेन्ट कोअर्डिनेटरको अवार्ड रविन श्रेष्ठले, इभेन्ट म्यानेजरको अवार्ड मन्जु श्रेष्ठले, पेजेन्ट अर्गनाइजरको अवार्ड सागर आचार्यले, फेसन म्युजिक कम्पोजरको अवार्ड सुशीलराज गौतमले, कम्युनिटी ब्युटी पेजेन्ट अर्गनाइजरको अवार्ड राजन रौनयले, इभेन्ट म्यानेजमेन्ट कम्पनीको अवार्ड आरएनआर ग्रुपले । फिमेल इभेन्ट अर्गनाइजरको अवार्ड शान्ताकुमारी तामाङले हासिल गरे ।

डायस्पोरातर्फको प्रतिस्पर्धामा राष्ट्रिय गीतकारबाट ज्ञानेश्वर तिवारी, आधुनिक गीतबार रामप्रसाद कँडेल, गायक सुधन गैरे, लोकदोहोरी गायकबाट बिमल डाँगी, पप गीतकारबाट ध्रुवप्रसाद अम्गाईं, भिडियो कोरियोग्राफरबाट तिनयाङ राना (सरु) अवार्ड विजेता भए । यस्तै भिडियो निर्देशक (पप)तर्फ प्रभु गुरुङ, गायकतर्फ धनकिरण गुरुङ, भिडियो निर्देशक लोकपपतर्फ शान्तकुमार राई, मोडलतर्फ पूर्णबहादुर थापामगर (दीपक), महिला मोडलतर्फ पवित्रा न्यौपाने, आस्था जोशी डायस्पोरा अवार्ड विजेता बने । डास्पोरा क्रिटिक्स अवार्ड निर्देशक कुशल श्रेष्ठले हासिल गरे ।

नवप्रतिभातर्फ आधुनिक गायकमा अविनाश श्रेष्ठ, गायिकामा सुष्मा सुनुवार, लोकतर्फ गायिकामा रमिला गुरुङ, मोडलतर्फ किरण गौतम अवार्ड विजेता बने । रमेश रानाफालीले इनकरेजमेन्ट अवार्ड पाए । पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्री, वरिष्ठ संगीतकार, शम्भुजीत बासकोटाको विशेष आतिथ्यतामा सम्पन्न सो समारोहको आयोजक पूजा निरौला, कार्यक्रम निर्देशकमा बालकृष्ण पोखरेल, कार्यक्रम संयोजकमा गायिका सरिता भारती, कार्यक्रमका सदस्यसचिबमा राजु अधिकारी थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय