क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्ने सरकारको आश्वासन

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख १६, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

कलाकारद्वय सिताराम कट्टेल र कुञ्जना घिमिरेले स्थापना गरेको  धुर्मुस सुन्तली फाउन्डेशनद्वारा चितवनको रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिेकेट रंगशालालाई निर्माणमा राज्यको तर्फबाट पनि सहयोग गर्ने आश्वासन फाउन्डेसनले पाएको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल र निर्माणाधिन क्रिकेट रंगशालाका प्रमुख अभियन्ता तथा धुर्मुस सुन्तली फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेलसँग बिहीबार सिंहदरबारमा भएको भेटमा उप-प्रधानमन्त्री पोखरेलले रंगशाला निर्माणका लागि राज्यको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पोखरेलले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा भइरहेका प्रगति र सरकारले गर्न सक्ने सहयोगका सम्बन्धमा छलफल गर्दै धुर्मुस–सुन्तली फाउन्डेशनले गरेको कामहरु प्रेरणादायी र प्रसंशनीय रहेको भन्दै प्रसंशा समेत गर्नुभएको अध्यक्ष कट्टेलले बताए ।

उपप्रधानमन्त्रीसँगको भेटपछि फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेलले आफु राज्यलाई सघाउने अभियन्ता भएको बताए ।

कट्टेलले रंगशाला निर्माणका लागि अहिलेसम्म बिभिन्न क्षेत्र र दाताबाट ३३ करोड संकलन भएकोमा ४६ करोड भन्दा बढी खर्च भइसकेको बताए ।

१३ करोड रुपैयाँ ऋणमा रहेको उनको भनाइ छ । कट्टेलले रकमको जोहो भए ६ महिनादेखि एक बर्षसम्ममा रंगशाला तयार हुने बताए । कट्टेलले बजेट अभाव हुँदा सोचेजसरी कामलाई अघि बढाउन नसकेको बताए । उनले भने, ‘‘रकमको जोहो हुने निश्चित स्रोत छैन । बजारबाट ल्याएको सामानको पैसा तिर्न फिटिफिटी परेका छौँ ।’’ उधारो नतिर्दासम्म आपूर्तिकर्ताले थप सामान नदिने अवस्था रहेको उनको भनाइ छ । कोभिडका कारण दाताहरुबाट अपेक्षाकृत सहयोग प्राप्त हुन नसकेको उनको गुनासो छ ।

करिव साढे ३ अर्बको लागतमा निर्माण शुरु गरिएको वहुप्रतिक्षित अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक अभाव सिर्जना भएको छ ।  निकै ठूलो लगानीमा सुरु गरिएको रंगशाला निर्माणका लागि आर्थिक अभाव भएपछि धुर्मुसको टोली मेचि महाकाली अभियानमा निस्किएको छ । गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला नामाकरण गरिएको सो रंगशाला निर्माणका लागि सरकार र सर्वसाधारणको लगानी छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

नेपालको  स्थिती पनि भयावह : एकै दिनमा १३९ को मृत्यु , ९ हजार २७१ जना संक्रमित

नेपालको स्थिती पनि भयावह : एकै दिनमा १३९ को मृत्यु , ९ हजार २७१ जना संक्रमित

काठमाडौं, २७ वैशाख । कोरोना भाइरस संक्रमणबाट थप १३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले व्यवस्थापन गरेको शवको तथ्यांकका..