भारतमा कोरोना संक्रमणले विकराल रूप लिएपछि छिमेकी मुलुक बंगलादेशले भारतसँगको सीमा सिल गरेको छ । बंगलादेशी प्रधानमन्त्री कार्यालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै १४ दिनका लागि भारतबाट बंगलादेश प्रवेश गर्ने नाका बन्द गरिएको बताएका थिए ।
त्यस्तै अस्ट्रेलियाले पनि भारतसँगको सिधा हवाई उडानमा अस्थायी प्रतिबन्ध लगाएको छ । गत मंगलबार अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले भारतसँगको उडानलाई १५ मे सम्मका लागि रोक लगाएका थिए । उनले त्यसपछि उडान खोल्ने वा बन्द गर्ने भन्ने विषयमा पुनर्विचार गरिने पनि बताएका छन् ।
त्यस्तै नेपाल सरकारले भारतिय नागरिकहरुलाई नेपाल प्रवेशमा रोक लगाएको छ ।
भारतमा अहिले दैनिक तीन लाख संक्रमित हुँदा २५ सय देखि ३ हजार भन्दा बढी मानिसकोका मृत्यु भइरहेको छ । आर्यघाटमा शव जलाउने ठाउँ नभएर फुटपाथमा शव जलाइरहेको भिडियो सामाजिक सञ्जाल र त्यहाँका टेलिभिजनहरूले देखाइरहेका छन् । हालसम्म भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ४ हजार ८१२ पुगेको छ ।
कोरोनाको महामारीरो यो संकचमा भारतमा अक्सिजनलगायत स्वास्थ्य सामग्रीको चरम अभाव भएको छ ।अक्सिजन र औषधिको अभावमा बिरामी र उनीहरुका आफन्तले सामाजिक सञ्जालमा सहयोगको याचना गरेसँगै विभिन्न राष्ट्रले उपचारका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।