पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्था नाजुक, आइसियुमा राखी उपचार गराइदै

२०७८ बैशाख १६, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कोरोना संक्रमण भई नर्भिक अस्पतालमा उपचाररत  पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्था नाजुक हुँदै गएपछि उहाँलाई आइसियूमा भर्ना गरिएको छ । गएको छ । उहाँलाई श्वासप्रश्वासमा समस्या देखिएपछि हिजो बुधबारदेखि आइसीयुमा राखी उपचार शुरु गरिएको अस्पताल स्रोतले जनाएको छ ।

पूर्वरानी शाहको उपचारमा संलग्न डाक्टर जेपी जैसवालका अनुसार उहाँलाई अक्सिजनको अधिक मात्रा दिनुपरेको छ । डा. जैसवाल मिडियासँग प्रतिक्रिया दिदै  दुई दिनअघिसम्म प्रतिमिनेट २.३ लिटर अक्सिजन दिइराखिएकोमा हाल उहाँको अवस्था नाजुक वन्दै गएपछि  आइसिसीयुमा राखि अहिले प्रतिमिनेट १० लिटरसम्म अक्सिजन दिनु परेको  बताए ।

कोरोना संक्रमण भएर सोही अस्पतालमा भर्ना हुनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य रहेको डाक्टर जैसवालले जानकारी जानकारी दिए ।

भारतको कुम्भ मेलामा सहभागि हुन जानुभएका शाह दम्पत्तिलाई भारतबाट फर्किएलगत्तै गत वैशाख ७ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो । त्यसलगत्तै राजदम्पती तथा छोरी प्रेरणालाई नर्भिक अस्पतालमा भर्ना गरी उपचार गराइदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय