वैदेशिक रोजगारीको नाममा लाखौं रुँपैया ठगि गरि फरार, पीडितहरु न्याय खोज्दै

२०७८ बैशाख १५, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सप्तरी, राजविराज । बैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै बेरोजगार यूवाहरुबाट लाखौं रकम ठगि गरि एक जना फरार भएका छन् ।

ठगिमा परेकाहरु मध्येका १८ जना पीडितहरुले बुधबार जिल्ला प्रशासन कार्यालय सप्तरीमा संयुक्त रुपमा उजुरी दिएपछि ठगि घटना बाहिरिएको हो ।

न्याय खोज्दै सिरहाबाट सप्तरी आइपुगेका पीडित यूवाहरुलाई यहाँस्थित सप्तरी सामुदायिक विकास केन्द्र नेपालद्वारा संचालित आप्रवासी श्रोत केन्द्रले कानुनी परामर्शसहितको सहयोग उपलब्ध गराएको हो ।

पीडितहरुको तर्फबाट केन्द्रमार्फत जिल्ला प्रशासन कार्यालयमा बुझाइएको उजुरीपत्रमा गाउँघरका सोझासाझा बेराजगार यूवालाई बिदेशमा आकर्षक तलबसहितको रोजगारी दिलाइदिने प्रलोभन देखाई सप्तरीको रुपनी गाउँपालिका ६ का समसुद्धिन मियाँ लाखौं रकम ठगि गरि फरार भएको उल्लेख छ । पीडित सबै छिमेकी जिल्ला सिरहाका बासिन्दा हुन् ।

ठगि गर्ने व्यक्ति सप्तरीका भएकाले न्यायका लागि आप्रवासी केन्द्रमार्फत यहाँसम्म आइपुगेको पीडित मध्येका एक सिरहाको लहान नगरपालिका १३ का सुनिलकुमार महतोले बताए ।

यस्तै ठगिमा परेका अर्का सोही नगरपालिका ११ का मनोजकुमार साहले आफूलाई एक म्यानपावरको एजेन्ट बताउने समसुद्धिनले विदेशमा आकर्षक तलबसहितको रोजगारी उपलब्ध गराइदिने भन्दै आफूसहित १८ जनासँग ६ लाख ४० हजार रुँपैया ठगि गरि फरार भएको बताए ।

यसरी ठगिमा पर्नेहरुमा सिरहा जिल्लाकै बिरेन्द्र यादव, बैजनाथ सदा, श्याम यादव, शैलेन्द्र यादव, ओमप्रकाश महतो, रामबलन साफी लगायत १८ जना छन् ।

पीडितहरुको उजुरीको आधारमा तत्कालै आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको आजको राजधानी दैनिकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय