सरकारद्वारा जसपाका नेता र कार्यकर्तासँग जोडिएका १२० मुद्दा फिर्ता (सुची सहित)

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख १५, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं, १५ बैशाख । सरकारले १२० जना प्रतिवादी भएको १५ वटा मुद्दा फिर्ता लिएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले मुद्धा फिर्ता लिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो । सरकार र जसपाको नेतृत्वबीच भएको छलफल र समझदारीअनुसार सरकारले जसपाका नेता तथा कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिने निर्णय गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको बताइएको छ । प्रवक्ता गुरुङका अनुसार जसपाका नेता तथा कार्यकर्ताका १५ वटा मुद्दा फिर्ता लिएको छ, जसमा जसपाका १२० जना नेता कार्यकर्ताहरुसँग सम्वद्द छन् ।

पछिल्लोपटक बालुवाटारमा प्रधानमन्‍त्री केपी ओली र जसपाका अध्यक्ष महन्थ ठाकुरबीच भएको छलफलमा २४ प्रकृतिका दुई सय बढी मुद्दा फिर्ता लिने, राजबन्दी रिहा गर्ने, संविधान संसोधनका लागि स्वतन्त्र आयोग बनाउने, लाल आयोगलाई संक्षेपीकरण गरी सार्वजनिक गर्ने,  जसपाको चासो समेटेर नागरिकता विधेयक तत्काल अघि बढाउनुपर्ने  विषयमा लगभग समझदारी बनेको थियो।

यद्यपी जसपाले आफ्ना माग सम्बोधन भए सरकारलाई बाहिरबाटै समर्थन गर्ने बचन दिएको छ । तर अहिलेसम्म जसपाले संस्थागत रुपमा कुनै निर्णय भने गरेको छैन।

सरकारलाई समर्थन गर्ने विषयमा जसपाभित्रै विवाद छ । ठाकुर–महतो पक्षले ओलीसँगको सहकार्यका लागि  फाइनल डिल गरिरहँदा अर्का अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई  भने ओलीलाई कुनै पनि हालतमा हटाउनुपर्ने र कांग्रेस एवं माओवादीसँग मिलेर नयाँ सरकार बनाउनुपर्ने पक्षमा देखिएका छन्। ३४ सिट रहेको जसपा अहिलेको त्रिशंकु संसदमा निर्णायक भूमिकामा छ। उसको  सहयोग र समर्थनबिना न ओली सरकार सुरक्षित हुन्छ न नयाँ वैकल्पिक गठबन्धन बन्‍न सक्ने अवस्था  छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

नेपालको  स्थिती पनि भयावह : एकै दिनमा १३९ को मृत्यु , ९ हजार २७१ जना संक्रमित

नेपालको स्थिती पनि भयावह : एकै दिनमा १३९ को मृत्यु , ९ हजार २७१ जना संक्रमित

काठमाडौं, २७ वैशाख । कोरोना भाइरस संक्रमणबाट थप १३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले व्यवस्थापन गरेको शवको तथ्यांकका..