लगातार दोस्रो दिन पनि शेयर बजारमा ठूलो गिरावट

२०७८ बैशाख १३, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

शेयर बजार परिसूचक नेप्से सोमबार ६५.५८ अंकले घटेको छ । उपत्यकामा निषेधाज्ञाको तयारी भएसँगै लगानीकर्ताको मनोबल खस्किदाँ नेप्से परिसूचक २.५५ प्रतिशत घटेर २ हजार ५०६ विन्दूमा ओर्लिएको हो ।

साताको पहिलो दिन आइतबार  ७६ अंकले घटेको नेप्से परिसूचक आज ६५.५८ अंकले घटेको हो ।  कम्पनीहरुले उल्लेख्य नाफा कमाएको तेस्रो त्रैमासिक विवरण सार्वजनिक भइरहेका बेला बजार भने ओरालो झरेको हो ।

लगातार दुई दिन नेप्से परिसूचकमा आएको ठूलो अंकको गिरावटले लगानीकर्ताहरुको मनोबल खस्किएको देखाउँछ।

सोमबार सबै समूहका उपसूचक एकाएक झरे। सबैभन्दा धेरै जलविद्युत समूह ४.०४ प्रतिशत, व्यापार समूह ३.५८ प्रतिशत, विकास ब्यांक समूह ३.१३ प्रतिशत र ब्यांकिङ समूह २.२९ प्रतिशतले घटे।

सोमबार कारोबार हुनेमध्ये ८ कम्पनीको शेयर मूल्य बढे पनि १७१ कम्पनीको शेयर मूल्य घट्यो। सबैभन्दा धेरै रिलायन्स फाइनान्सको शेयर मूल्य ८.०६ प्रतिशतले घट्यो। छ्याङ्दी जलविद्युत, सिन्धु विकास ब्यांक, नेशनल हाइड्रोपावर लगायतका कम्पनीका लगानीकर्ताले धेरै गुमाए।

बजारमा ठूलो गिरावट हुँदा पनि विशाल बजार कम्पनी र महीला लघुवित्तका लगानीकर्ताले करीब १० प्रतिशत नाफा कमाए।

सोमबार रु. ६ अर्ब ५९ करोड मूल्य बराबरका १ करोड २९ लाख कित्ता शेयर किनबेच भए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय