
साताको पहिलो दिन आइतबार शेयर बजारमा उच्च गिरावट आएको छ । कोरोना सक्रमितको वढ्दो वृद्दिदर हेर्दा कोरोना नियन्त्रण वाहिर जाने त्रास, संभावित लकडाउनको अवस्थाका कारण लगानीकर्ता अत्तालिएको विश्लेषण गरिएको छ ।
नेप्सेमा उच्च गिरावट आएर पुनः २६ सय तल आइपुग्यो । कारोबार शुरु भएदेखि निरन्तर जसो ओरालो लागेको नेप्से ७६ अंक बराबरले झरेर २५ सय ७२ मा आएर थामियो ।
सबै समूह राताम्य रहँदा दुबै बीमा समूहमा साढें ४ सय अंक हाराहारीको गिरावट आयो ।
होटल तथा पर्यटन पनि २ सय २० अंकले ओरालो लाग्यो ।
उत्पादनमूलक, जलविद्युत, लघुवित्त र व्यापार समूह सबै १ सय अंक भन्दा बढीले ओरालो लागे ।
विकास बैंक, वाणिज्य बैंक, वित्त र अन्य पनि दोहोरो अंकले ओरालो लागे ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय १५ कम्पनीको १ करोड ४७ लाख बराबर कित्ता शेयर ७ अर्ब २८ करोड बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।