लकडाउनको हल्ला चल्दै गर्दै काठमाडौं जिल्ला प्रशासनको १३ बुँदे सूचना, पालना नगर्नेलाई कारबाहीको चेतावनी

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख ७, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

कोरोना भाइरस संक्रमणले पछिल्लो पटक तिब्रता लिएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले चेतावनीमूलक सूचना जारी गरेको छ ।

कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न भन्दै सिडिओ कार्यालयले निकालेको १३ बुँदे सूचनामा विभिन्न सुरक्षा मापदण्ड अपनाउन अपील गरिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्रका आधारमा प्रशासन कार्यालयले भीडभाड नगर्न, अनिवार्य मास्कको प्रयोग गर्न, २५ जना बढी भेला नहुन आग्रह गरेको छ ।

सार्वजनिक सवारी साधनहरुमा पनि सिट क्षमताभन्दा बढी यात्रु नराख्न, यात्रुवाहक सवारी साधनमा चालक र सहचालकले अनिवार्य मास्क र भाइजर लगाउन भनिएको छ ।

प्रशासनले जारी गरेको सूचनामा उल्लेख गरिए अनुसारको स्वास्थ्य मापदण्डको पालना नगरिए संक्रामक रोग ऐन २०२० अन्तर्गत कारबाही गर्ने चेतावनी पनि सुचना मार्फत दिइएको छ ।

सुचनाको पूर्ण अंश :

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

किन घट्यो मतदाताको उत्साह  ? – सम्पादकिय

किन घट्यो मतदाताको उत्साह ? – सम्पादकिय

पाँच वर्षपछि भएको स्थानीय तह निर्वाचनमा अपेक्षाकृत मतदाताको सहभागिता रहने । निर्वाचन आयोगले  देशभर ६२ प्रतिशत मतदान भएको प्रारम्भिक तथ्याङ्कलाई सच्याएर ७० प्रतिशत मतदान भएको..