इजरायलमा सम्पन्न ‘नयाँ बर्ष कप फुटसल टुर्नामेन्ट २०७८’ को उपाधी एनआरएनए एफसीको हातमा

[addthis tool="addthis_inline_share_toolbox"]
द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख ७, मा प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

ए१न्यूज इजरायल
नयाँ बर्ष फुटसल टूर्नामेन्ट २०७८को ट्रफी एनआरएनए-एफसीले हात पारेको छ ।
“एकता र मित्रताको लागि खेलकुद” भन्ने मुल नाराका साथ खेलकुद प्रेमी युवा समूह इजरायलको आयोजनामा आयोजित  नयाँ बर्ष २०७८ फुटसल टुर्नामेन्ट २०७८ १६ अप्रिल शुक्रवार भएको NRNA ISRAEL FC र DARJEELING UTD ‘A’ FC भएको खेलमा  NRNA ISRAEL FC  ले ० का विरुद्द २ गोलले विजय हात पारेको हो ।
विजयी एनआरएनए एफसी  टिमले  ट्रफि र नगद ७,५०० सेकेल प्राप्त गर्यो भने दाेश्राे भएको दार्जिलिङ युनाइटेड फुटबल कल्बले नगद पुरस्कार राशी  ट्रफि सहित ३००० शेकेलको  नगद राशी प्राप्त गरेको छ ।

खेल संयोजक तथा पूर्व राष्ट्रिय फुटबल खेलाडी सुन्दर नेपाल तथा नेपाली राजदुताबास बाट महामहि राजदुत डा. अन्जान शाक्यज्युको हातबाट दुवै टिमका विजयी खेलाडीहरुलाई ट्रफी, मेडल, प्रमाण-पत्र तथा पुरस्कार राशी हस्तारण गरिएको थियो ।  प्रथम र द्वितिय हुने टिमलाई नेपाली राजदुताबास तेलअभिवले ट्रफीको सौजन्यता गरेको थियो भने  द्वितिय हुने समुहलाई हस्तान्तरण गरिएको ३००० शेकेलको पुरस्कार राशी एनआरएनए-एनसिसी इजरायलका संरक्षक समाजसेवी श्री दिपक प्र.ओली  र  आइसिसी सदस्य विशाल ज्ञावालीबाट संयुक्त रुपमा सौजन्य भएको आयोजकले बताएका छन् ।
दार्जिलिङ युनाइटेड ‘A’ का सतिस राई प्रतियाेगिताकाे उत्कृष्ट खेलाडी घाेषित भए, RISING STAR FC ‘B’ का जोशन खड्का प्रतियाेगिताकाे सार्वाधिक गाेल कर्ता (6) भए, उत्कृष्ट डिफेन्समा NRNA ISRAEL FC का सुबास क्षेत्री भए भने उत्कृष्ट गाेलकिपरमा पनि NRNA ISRAEL FC कै आशिष राई घाेषित भए, यी चार वटा विधाका खेलाडीहरू लाइ ट्रफी, मोबाइल फाेन र प्रमाण पत्रले सम्मान गरिएको थियो।
प्राबिधिकमा रही आशिस , सिजनज्युले खेलको अन्तिम समय सम्म साथ् दिनु भएकोमा उहाँहरुलाई धन्यवाद सहित प्रमाण पत्रले सम्मान गरिएको थियो l साथै सहयोग गर्ने सबै सहयोगी दातालाई प्रमाण पत्रले सम्मान गरिएको थियो l GoalNepal काे फेसबुक वाट प्रत्यक्षा प्रसारण भएको थियो ।

खेल समापन कार्यक्रमलाई सम्वोधन गर्दै  महामहिम राजदुत डा. अन्जान शाक्यज्युले नेपाल इजरायल सम्बन्ध तथा खेलकुदको महत्व बारे सबैलाई प्रस्ट पार्दै यो खेल इजरायलका लागि एतिहासिक र खेल प्रेमी युवा हरुको उर्जाको रुपमा रहने साथै नेपाल राजदुतवासकाे सधै साथ सपोर्ट गरि रहने प्रतिबद्दता समेत गर्नु भएको थियो l
त्यस्तै कार्यक्रमको समापन गर्नुहुदै प्रतियोगिताका संयोजक सुन्दर नेपालले सबैलाई धन्यवाद दिदै कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने नेपाल एम्बेसी परिवार, खेलाडी साथीहरु, पत्रकारहरु,फोटो ग्राफरहरु, कलाकारहरु, प्राबिधिकहरु, स्वयम् सेवकहरु,सहयोगी दाताहरु, मुख्य प्रायोजकहरु, प्रायोजकहरु, रेफ्रीहरु लगायत उपस्थित महानुभावहरुलाई नयाँ बर्ष २०७८ सालको पाबन अबसरमा उपस्थित महानुभाबहरुलाई हार्दिक शुभकामना व्यक्त गर्नु भएको थियो !
फुटबल खेलमा ९ टिमहरूकाे सहभागीता रहेको थियो ।

प्रतियोगिता टाइसिट अनुसार यसरी संचालन भएको थियो :

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

बिशेष

युद्द विराममा , इजरायल र प्यालेसटाइन

युद्द विराममा , इजरायल र प्यालेसटाइन

भेषराज पाण्डे , ए वान नेपाल तीन दिनसम्म इजरायलले प्योलस्टाइनी इस्लामिक जिहाद (पीआईजी)विरुद्ध गर्दै आएको आक्रमणले  गाजा क्षेत्रमा इजरायल र प्यालेस्टाइनी लडाकुहरूबीच चल्दै आएको युद्धको..