
एवान न्यूज अमेरिका,
वैदेशिक वसाईको क्रममा अमेरिकामा रहेका नेपाली युवाहरूद्वारा निर्मित फिल्म ‘ओभरडोज’को ट्रेलर सार्वजनिक भएको छ । अमेरिकामा बस्ने दुई नेपाली युवाको जीवनीमा आधारित फिल्ममा ड्रग्स र अपराधको कथा देखाउन खोजिएको छ ।
मे १५ मा टेक्सस राज्यको डलासमा प्रिमियर तयारी भैरहेको फिल्ममा काठमाडौं निवासी प्रनिसराज पन्तको प्रमुख भूमिका रहेको छ भने सविनजंग थापा र बिना श्रेष्ठ मुख्य भुमिकामा छन् ।
सुमन पौडेलको निर्देशन रहेको उक्त फिल्ममा गौरव गुरुङ, स्वामी डिले लगायत नेपालीका अलवा अमेरिकाका कलाकारको समेत अभिनय रहेको छ । अंग्रेजी र नेपाली दुई भाषा प्रयोग गरिएको फिल्मले ड्रग्स र अपराधमा संलग्नहरूको जीवन यात्रा देखाउन खोजिएको कलाकार सविनजंग थापाले वताए ।
दादा प्रोडक्सन हाउसको निर्माण, साजन कार्कीको सम्पादन रहेको फिल्मले आम युवाहरूमा सकारात्मक शन्देश साथै भरपुर मनोरन्जन समेत प्रदान गर्ने विश्वास लिएको वताईएको थापाले वताएका छन् ।
ट्रेलर हेर्नुहोस् :