आगामी वैशाख १० र ११ मा विश्व नेपाली साहित्य सम्मेलन हुदै

द्वारा प्रकाशित गरिएको हो |
२०७७ चैत्र २९, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

ए वान नेपाल न्यूज,

अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) ले आगामी वैशाख १० र ११ गते भर्चुअलरुपमा विश्व नेपाली साहित्य सम्मेलन गर्ने भएको छ । संसारभरका नेपाली भाषा तथा मातृभाषा साहित्यमा कलम चलाउने श्रष्ट्राहरुलाई समेट्दै सम्मेलन गर्न लागिएको जनाईएको छ ।

सम्मेलनमा विभिन्न क्षेत्र र विधाका स्थापित विज्ञले कार्यपत्र प्रस्तुत गर्नुका साथै चर्चित कवि तथा गजलकारहरूको रचना वाचन कार्यक्रमसमेत राखिएको बताईएको छ ।

सम्मेलन सम्बन्धि जानकारी दिन जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘सम्मेलनको उद्घाटनसत्रमा ‘समृद्ध चिन्तनका लागि साहित्य’ शिर्षकमा नेपाली भाषा, साहित्य क्षेत्रका विशिष्ट व्यक्तिबाट मुख्य मन्तव्य रहने छ ।’ त्यसैगरी सम्मेलनमा नेपाली कविताको बदलिँदो संरचना तथा आख्यानका विभिन्न आयाम र प्रयोगहरुका साथै नेपालमा मातृभाषा साहित्यको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरिने जारी विज्ञप्तिमा जनाईएको छ ।
‘विश्वमा नेपाली साहित्यः वर्तमान र भविष्य’ विषयमा प्रवासी नेपाली समुदाय (डायस्पोरा) का विभिन्न संघसंस्था र विशेषज्ञबाट प्यानल छलफलसमेत गराईनेछ ।’ विज्ञप्तिमा भनिएको छ ।

सम्मेलन नेपाली भाषा तथा मातृभाषाको उत्थान, अनुसन्धान, विकास तथा विस्तारका लागि सहयोग पुगोस भन्ने उदेश्यका साथ सम्मेलन आयोजना गर्न लागिएकोले सबै नेपाली अग्रज साहित्यकार तथा साहित्यानुरागीमा कार्यक्रम सफलरुपमा सम्पन्न गराउन सहयोग गर्न आयोजक संस्थाले अपिलसमेत गरेको छ ।

(आयोजक संस्थाका आधिकारिक प्रतिनिधीले दिएको जानकारी अनुसार प्रकाशित गरिएको समाचार )

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

नेपालको  स्थिती पनि भयावह : एकै दिनमा १३९ को मृत्यु , ९ हजार २७१ जना संक्रमित

नेपालको स्थिती पनि भयावह : एकै दिनमा १३९ को मृत्यु , ९ हजार २७१ जना संक्रमित

काठमाडौं, २७ वैशाख । कोरोना भाइरस संक्रमणबाट थप १३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले व्यवस्थापन गरेको शवको तथ्यांकका..