नयाँ बर्ष कप फुटसल टूर्नामेन्ट २०७८ को खेलतालिका सार्वजनिक, ९ वटा टिम भिड्दै

द्वारा प्रकाशित गरिएको हो |
२०७७ चैत्र ८, मा प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट
फाईल तस्विर

ए1न्यूज इजरायल,

नेपाली नयाँ बर्ष २०७८ को  अवसरमा इजरायलमा रहेका खेलकुद प्रेमी नेपाली युवाहरुको समुह “खेलकुद प्रेमी यूवा समुह, इजरायल”को आयोजनामा हुदै गरेको “नयाँ बर्ष कप फुटसल टूर्नामेन्ट २०७८” को खेलतालिका सार्वजनिक गरिएको छ ।

आयोजक खेलकुद प्रेमी यूवा समुह, इजरायलले गत १९ मार्च शुक्रवार तेलअभिवको लेवन्स्की स्थित फुटसल कोर्टमा एक पत्रकार सम्मेलनको आयोजना गरी मिति, समय खेल तालिका र विजेता उपविजेता लगायतकाले पाउने अवार्ड तथा ट्रफी सार्वजनिक गरिएको थियो ।

पत्रकारसम्मेलनमा यस पटकको टुर्नामेन्टमा २०७६को नयाँबर्ष कपको विजेता विजेता किरात याक्थुङ चुम्लुङ फुटवल क्लव (केवाइसी एफसी), सेदोत न्याचुरल नेगेभ एग्रिकल्चर सेन्टर नितिवोध (एसएनएसी), राइजिङ स्टार एफसी ‘ए’, राइजिङ स्टार एफसी ‘वि’, देशी व्वाइज दार्जिलिङ , एनआरएनए इजरायल एफसी, दार्जलिङ युनाइटेड ‘ए’, दार्जलिङ युनाइटेड ‘वी’ र माकुरी एफसी  गरी  ९ वटा टिमविच प्रतिस्पर्धा हुने बताइएको छ ।

कार्यक्रममा खेलतालिका सार्वजनिक गर्दै संयोजक सुन्दर नेपालले गोलाप्रथा द्वारा टाइसिट तयार गरिएको जानकारी गराउनु भयो । जसानुसार कार्यक्रम उद्घाटनको समय ४ बजेकोलागि तय गरिएको छ भने उद्घाटन चरणको पहिलो  पहिलो खेल साढे ४ बजेदेखि माकुरी एफसी र दार्जलिङ युनाइटेड ‘वी’ विच  हुनेछ । त्यसै दोस्रो खेल एसएनएसी विचको खेल अप्रहान्हको ५:१० बजेबाट शुरु हुने कार्यक्रम तय गरिएको छ ।

त्यस्तै तेस्रो खेल राइजिङ स्टार एफसी ‘वि’ र देशी व्वाइज दार्जिलिङविच अप्रहान्ह ५:५० बजेबाट शुरु हुनेछ । त्यस्तै चौथो खेल दार्जिलिङ युनाइटेड ‘ए’ र राइजिङ स्टार एफसी ‘ए’ विच अप्रहान्न ६:३० बजे हुनेेछ ।

यसैगरी दोस्रो चरणको पहिलो खेल टाइसिटमा देखाइए अनुसार उद्घाटन चरणको ४:३० बजेको पहिलो खेल  माकुरी एफसी र दार्जलिङ युनाइटेड ‘वी’ विचको विजेता र तेस्रो खेल ५:५० बजेको राइजिङ स्टार एफसी “वि” र देशी व्वाइज दार्जिलिङविचको विजेताविच  साँझको ७:१० बजेबाट हुनेछ ।

त्यसैगरी सेमी फाइनलको पहिलो खेल पहिलो चरणको  दोस्रो खेल  ५:१० बजेको केवाइसी एफसी र एसएनएसी विचको खेलको विजेता र पहिलो चरणको चौथो खेल ६:३० बजेको दार्जिलिङ युनाइटेड ‘ए’ र राइजिङ स्टार एफसी ‘ए’ विचको  विजेता विच साँझको ठिक ७:५०  मा हुनेछ ।

त्यस्तै सेमी फाइनलको दोस्रो खेल टाइसिटमा देखाइए बमोजिम दोस्रो चरणको पहिलो खेल ७:१० बजेको विजेता र एनआरएनए इजरायल एफसी विच ८:३० मा हुनेछ ।

यसै गरी फाइनल खेल रातको ९:२० बजे ७:५० को खेलको विजेता र ८:३० को खेलको विजेताविच हुने तालिका सार्वजनिक गरिएको छ । खेलतालिका गोला प्रथाद्वारा तय गरिएको फेसवुक मार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो ।

नेपाली नेपाली विचमा आपसी सद्भाव मेलमिलाप र भाइचाराको सम्वन्ध स्थापना गराउने विश्वासका साथ   “एकता र मित्रताका लागि खेलकुद” भन्ने नाराका साथ आयोजना गरिएको “नयाँ बर्ष कप फुटसल टूर्नामेन्ट २०७८” को एक दिवशिय फुटसल प्रतियोगिता २०७८ को  Turkish Mobie Home ले प्रायोजन गरेको छ । त्यस्तै सह-प्रायोजकहरुमा Indian Wholesale Shop, किरात याक्थुङ चुम्लुङ, इजरायल, शेर्पा एसोसिएसन इजरायल र एनआरएनए-एनसिसी इजरायल रहेका छन् ।

आगामी १६ अप्रिल शुक्रवार आयोजना गरिन लागिएको उक्त तेलअभिवस्थित लेवन्स्की फुटसल कोर्टमा आयोजना गरिने संयोजक नेपालले जानकारी दिनुभयो ।

नेपाली टोली, भारतिय नेपाली टोली लगायतका विभिन्न संघ संस्थाहरुको समेत सहभागिता रहने उक्त प्रतियोगितामा सहभागिता जनाउन आयोजकले सम्पूर्ण इजरायलवासी नेपाली तथा नेपाली भाषी भारतिय दाजुभाई तथा दिदीवहिनीहरुमा हार्दिक आमन्त्रण गरेको छ । पत्रकार सम्मेलनको क्रममा बोल्नुहुदै पूर्व राष्ट्रिय खेलाडी तथा खेल संयोजक सुन्दर नेपालले प्रतियोगितालाई अत्यन्तै सौहार्दपूर्ण बातावरणमा अनुशासित ढंगले सम्पन्न गर्न र गराउन नेपाली राजदूतावास इजरायल, इजरायलमा क्रियाशिल सम्पूर्ण संघसंस्थाहरु, मिडियाकर्मीहरु लगाएत सम्पूर्ण नेपालीहरुलाई आ-आफ्नो स्थानबाट सहयोग पुर्याइदिनु हुन हार्दिक आह्वान गर्नुभएको थियो ।

प्रत्येक बर्षजस्तो नयाँ बर्षको अवसर पारी आयोजना गरिदै आइरहेको नयाँबर्ष फुटसल टुर्नामेन्ट कम कोभिड-१९  महामारीका कारण गएको बर्ष आयोजना गरिएको थिएन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

नयाँ बर्षमा प्रवासमा रहेका नेपालीहरुलाई सम्वोधन गर्दै प्रम ओली, सहभागिताको लागि प्रवासी नेपाली एकता मञ्चद्वारा आह्वान

नयाँ बर्षमा प्रवासमा रहेका नेपालीहरुलाई सम्वोधन गर्दै प्रम ओली, सहभागिताको लागि प्रवासी नेपाली एकता मञ्चद्वारा आह्वान

ए1न्यूज इजरायल नेकपा (एमाले) प्रवास संगठन प्रवासी नेपाली एकता मंच अन्तराष्ट्रिय कमिटीको आयोजनामा पार्टी नेकपा (एमाले)का श्रद्धेय अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली..