नेपाली नयाँ बर्षको अवसरमा इजरायलमा “नयाँ बर्ष कप फुटसल टूर्नामेन्ट २०७८” को आयोजना

२०७७ फाल्गुन २७, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

ए१न्यूज इजरायल,

नेपाली नयाँ बर्ष २०७८ को सुभ अवसर पारी इजरायलमा “नयाँ बर्ष कप फुटसल टूर्नामेन्ट २०७८” को आयोजना गरिने भएको छ ।

इजरायलमा रहेका खेलकुद प्रेमी नेपालीहरुको समुह “खेलकुद प्रेमी यूवा समुह, इजरायल”को आयोजनामा इजरायलमा रहेका नेपाली तथा नेपाली भाषी भारतिय नेपालीहरु समेतको सहभागिता रहने गरी नयाँ बर्षको अवसरमा फुटसल प्रतियोगिता २०७८ को आयोजना गर्न लागिएको पूर्व राष्ट्रिय खेलाडी तथा प्रतियोगिता संयोजक सुन्दर नेपाललले जानकारी दिनुभयो ।

नेपाली नेपाली विचमा आपसी सद्भाव मेलमिलाप र भाइचाराको सम्वन्ध स्थापना हुने विश्वासका साथ   “एकता र मित्रताका लागि खेलकुद” भन्ने नाराका साथ आगामी १६ अप्रिल शुक्रवार आयोजना गरिन लागिएको उक्त एक दिवशिय फुटसल प्रतियोगिता २०७८ तेलअभिवस्थित लेवन्स्की फुटसल कोर्टमा आयोजना गरिने संयोजक नेपालले जानकारी दिनुभयो ।

नेपाली टोली, भारतिय नेपाली टोली लगायतका विभिन्न संघ संस्थाहरुको समेत सहभागिता रहने उक्त प्रतियोगिताको कार्यक्रम तालिका आगामी १९ मार्च २०२१ शुक्रवार तेलअभिवको लेवन्स्की पार्कमा आयोजना गर्ने लागिएको प्रेस मिटको क्रममा सार्वजनिक गरिने बताइएको छ ।

आयोजकले प्रतियोगितामा सहभागिताको लागि इच्छुकहरु, इजरायलमा क्रियाशिल विभिन्न संघ संस्थाहरु लगायत सम्पूर्णलाई आह्वान गरेको छ ।

सहभागिता जनाउन प्रतियोगिता संयोजक सुन्दर नेपाल (0545706873), खेलकुद प्रमी युवा समुहका सदस्यहरु लगायत एनआरएनए-एनसिसी इजरायललाई समेत सम्पर्क गरी दर्ता गराउन सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय