
ए१नेपाल डट कम
“महिला स्वालम्वन तथा समाजसेवा” भन्ने मुल उद्देश्यका साथ इजरायलमा रहेका सृजनशिल महिलाहरुद्वारा स्थापना गरिएको प्रवासी सृजनशिल महिला समूह इजरायलले आफ्नो स्थापनाको पाँचौं बार्षिक उत्सव मनाउने तयारी गरेको छ ।
सृजनशिल महिला समूह इजरायलले कोभिड १९ महामारीका कारण यसबर्षको बार्षिकोत्सव जुम भर्चुअल अनलाइन मार्फत मनाउने तयारी गरिरहेको संस्थाकी सटिव डोलमाया तामाङले जानकारी दिनुभयो ।
आगामी १७ मार्च वुधवार वेलुकी साढे ८ बजे देखि संचालन हुने उक्त कार्यक्रममा सहभागिताको लागि आयोजकले इजरायलवासी नेपालीहरुमा हार्दिक अनुरोध गरेको छ ।
प्रवासी सृजनशील महिला समुह इजरायल स्थापना काल देखि तेश्रो बर्षसम्म झापा दमकका मात्र दिदीबहिनीहरु को सहभागिता रहेको थियो तर चौथो बर्ष प्रवेश गरे संगै अहिले इजरायलमा कार्यरत इच्छुक नेपाली दिदीबहिनीहरुलाई समुहमा प्रवेश गराइ क्रियाशिल रहँदै आइरहेको छ । सो संस्थाले प्राकृतिक प्रकोपमा परेका, विभिन्न जघन्य रोगहरुबाट प्रताडित दीनदुखीहरु, देशविकाशकोलागि लागि परिरहेका समाजसेवीहरु लगायतका क्षेत्रहरुमा सहयोग पुर्याउदै आइरहेको छ ।