गौतमलालाई भेट्न भैंसेपाटी पुगे प्रधानमन्त्री ओली

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन २१, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली भैँसेपाटी पुगेका छन् ।

उपाध्यक्ष गौतमलाई भेट्न प्रधानमन्त्री ओली शुक्रबार साँझ गौतमको ललितपुरस्थि भैँसेपाटी निवासमा पुगेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सामान्य चोट लागेर घाइते भएका गौतमको स्वास्थ्यस्थिति बुझ्न उनी भैँसेपाटी पुगेका हुन् ।

‘उहाँलाई स्वास्थ्य लाभको कामना गर्न प्रधानमन्त्री भैँसीपाटी जानु भएको हो । अहिलेको अवस्थामा पक्कै पनि राजनीतिक विषयमा छलफल हुन्छ नै,’ थापाले भने ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल पक्षले दोस्रो पटक संसदीय दलको नेताबाट हटाए लगत्तै ओली गौतम निवास पुगेका हुन्। प्रधानमन्त्री ओली र नेता गौतमबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको बुझिएको छ भने पार्टी एकता अभियान चलाइरहेका गौतम र ओलीको भेटलाई महत्वका साथ हेरिएको छ । नेकपा दुई समूहमा देखिएका समयमा उपाध्यक्ष गौतम पार्टी एकीकरणको पक्षमा छन् ।

फागुन २३ गते संसद अधिवेशन बोलाइसकेको अवस्थामा नेकपाको ओली समूह र प्रचण्ड– माधव समूह आफ्नो पक्षमा सांसदको बहुमत पुर्‍याउन क्रियाशील छन् ।

यसअघि नेकपा विवाद उत्कर्षमा पुगेका बेला गत साउनमा पनि ओली बामदेवलाई भेट्न उनको निवासमा पुगेका थिए । उक्त समयमा ओली डिनरका लागि भन्दै भैँसेपाटी पुगेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

नयाँ बर्षमा प्रवासमा रहेका नेपालीहरुलाई सम्वोधन गर्दै प्रम ओली, सहभागिताको लागि प्रवासी नेपाली एकता मञ्चद्वारा आह्वान

नयाँ बर्षमा प्रवासमा रहेका नेपालीहरुलाई सम्वोधन गर्दै प्रम ओली, सहभागिताको लागि प्रवासी नेपाली एकता मञ्चद्वारा आह्वान

ए1न्यूज इजरायल नेकपा (एमाले) प्रवास संगठन प्रवासी नेपाली एकता मंच अन्तराष्ट्रिय कमिटीको आयोजनामा पार्टी नेकपा (एमाले)का श्रद्धेय अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली..