विप्लव समूह र सरकारबीच ३ बुँदे सहमति, कांग्रेसले सोध्यो खोई हतियार ?

२०७७ फाल्गुन २१, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं–सरकार र नेत्र विक्रम चन्द विप्लव समूहबीच तिन वुदे सहमतिपत्रमा हस्ताक्षर भएको छ । बिहीवार भएको सहमति अनुसार शुक्रवार दुबै पक्षले सहमतिपत्रमा संयुक्त हस्ताक्षर गरे । विप्लव समुह शान्ति प्रक्रियामा आउन सहमत भएको छ भने सरकारले विप्लवका माग सम्बोधन गर्ने भएको छ ।

सरकारसँगको सहमती अनुसार अब विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउनेछ भने सरकारले सो समूहमाथि लगाएको प्रतिबन्ध हटाउने र पक्राउ नेता कार्यकर्ताहरुलाई रिहाइ गर्नेछ । तर,नेकपा र सरकार विच भएको यो सहमतिलाइ भने नेपाली कांग्रेसले भने शंकाको नजरले हेरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विप्लवसंग भएको हतियार खोइ भनेर प्रश्न उठाएका छन् । सरकार र विप्लव समुहविच सहमति पत्रमा हतियारको वारेमा भने कुनै कुरा उल्लेख गरिएको छैन ।

३ बर्षदेखि भूमीगत राजनिति गरीरहेका नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव शुक्रबार सार्वजनिक भएका छन् । सरकारसंग शान्ति प्रक्रियामा आउने सहमतिसँगै विप्लव पूर्वी नवलपरासीको अमरापुरीमा सार्वजनिक हुदै शुक्रबार काठमाडौं आए । उनलाई प्रहरीले नारायणगढबाट स्कर्टिङ गरेर काठमाडौं ल्याएको थियो ।

काठमाडौं आएसंगै बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाइ भेटेका विप्लवले दिउँसो २ बजे राष्ट्रिय सभागृह पुगी नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच सम्पन्न सहमतीमा हस्ताक्षर कार्यक्रममा सम्बोधन गरे । कार्यक्रममा केपी ओली नेतृत्वको सरकार र विप्लव नेतृत्वको नेकपाबीच सहमतिपत्रमा हस्ताक्षर भयो । सहमतिपत्रमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा महासचिव विप्लवको उपस्थितिमा सरकारी टोलीको तर्फबाट गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहका तर्फबाट खडकवहादुर विश्वकर्मा प्रकाण्डले हस्ताक्षर गरे ।

सहमतीपछि सम्बोधनका क्रममा विप्लवले सरकार र आफ्नो नेतृत्वको नेकपाबीच भएको सहमतिभित्र महान् आकांक्षा लुकेको बताएका छन् । उनले सरकारसँग तीन बुँदे सहमति गर्नुको उद्देश्यभित्र देशलाई आत्मनिर्भर, सुन्दर, स्वाभिमान बनाउने सपना रहेको बताएका छन् । यस्तै,महासचिव विप्लवले जनमसंग्रहको प्रस्ताव पनि गरेक छन ।

सभागृहमा आयोजीत कार्यक्रममा प्रधानमन्त्रीले सरकार र विप्लव समूहबीच भएको सहमतिपछि नेपालमा हिंसात्मक द्वन्द्व नरहेको बताएका छन् । उनले मुलुक शान्ति युगमा प्रवेश गरेको वताउदै महासचिव चन्दको एउटा निर्णयबाट मुलुकले ठुलो उपलब्धि हासिल गरेको वताए ।

सम्बोधनमा प्रधानमन्त्रीले विप्लव समूह राजनीतिक मुलधारमा आउनु फोर्स ल्यान्डिङ नभइ सेफ ल्यान्डिङ भएको भन्दै विप्लससंग रातारात नभइ लामो समयदेखिको वार्ताले सकारात्मक परिणाम दिएको वताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय