संसद पुनर्स्थापना लगत्तै सुरक्षा निकाय हाई–अलर्टमा : सर्वोच्चदेखि न्यायाधीश निवाससम्म उच्च सतर्कता

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन ११, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं, ११ फागुन । सर्वोच्च अदालतले मंगलबार साँझ प्रतिनिधि सभा पुनर्स्थापनाको फैसला सुनाएसँगै काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ। काठमाडौं उपत्यकालगायत देशैभरी नेपाल प्रहरी हाईअलर्टमा रहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्तबहादुर कुँवरले जानकारी दिनुभएको छ ।

‘विशेषगरी काठमाडौं उपत्यकाका सर्वोच्च अदालत वरिपरी, माइतीघर मण्डला, न्यायाधीशका निवास वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको छ’, उहाँले भन्नुभयो , अब समस्याहरू उत्पन्न हुन सक्ने भन्दै प्रहरी परिचालन भएको छ। अहिले सम्म त्यस्तो केहि भइसकेको छैन। माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ। सम्भावित क्षेत्रहरूमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। उहाँले सबै सम्भावित क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको जानकारी दिनुभयो ।

सर्वोच्च अदालत देखि न्यायाधीसहरूको निवास सम्म, भेला जम्मा हुने झडप हुन सक्ने ठाउँहरूलाई मध्यनजरमा राखेर परिचालन भएको छ। सुरक्षा संयन्त्रले संसद पुनर्स्थापना भएको अवस्था र नभएको अवस्थामा कस्तो सुरक्षा तैनाथी गर्ने भन्ने तयारी पहिल्यै गरेको थियो । संसद पुनर्स्थापना भएको अवस्थामा प्रदर्शन र झडपको सम्भावना कम हुने विश्लेषण सुरक्षा अधिकारीहरूको थियो ।

सर्वोच्च अदालतले मंगलबार विघटित प्रतिनिधिसभा पुनर्स्थापना गर्न आदेश दिएको छ । सँगै १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

एनआरएनए-एनसिसी इजरायलको अध्यक्षमा पुन: गणेश गिरी, को हुन गिरी ?

एनआरएनए-एनसिसी इजरायलको अध्यक्षमा पुन: गणेश गिरी, को हुन गिरी ?

ए१न्यूज इजरायल गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी) इजरायलको अध्यक्षमा गणेश गिरी सर्व सम्मत निर्वाचित भएका छन् ।  निर्वाचन समितिले शुक्रवार राती विज्ञप्ति..