साहित्यानुरागी लक्ष्मी भट्टराईको अध्यक्षतामा अनेसास इजरायलको नयाँ कार्यसमिति गठन

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ २४, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

हाम्रो निधि : भाषा ,साहित्य कला र संस्कृतिको संरक्षण ,सवर्द्दन र प्रवर्द्धन गरौं, नेपाली भाषा कला र संस्कृति हाम्रो पहिचान, गौरव र उन्नति भन्ने मुलनाराका साथ सन २००९ सालमा स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज इजरायल च्याप्टरको अध्यक्षमा  लक्ष्मी भट्टराई “अनुरागी”सर्बसम्मत निर्वाचित हुनुभएको छ ।
साहित्य क्षेत्रमा निरन्तर कलम चलाउदै आउनु भएकी भट्टराई सन् २०१० देखि अनेसासको  सदस्यबाट अनेसासमा प्रवेश गरेकी उहाँ उपाध्यक्ष र बरिस्ठ उपाध्यक्ष हुँदै छैटौं कार्यकालमा अध्यक्षमा सर्बसंम्बत निर्वाचित हुनुभएको छ ।

समितिको उपाध्यक्षमा अलि मोहमद मिया, महासचिवमा रमेश जोशी,  कोषाध्यक्षमा सुनिता भट्टराई र सहकोषाध्यक्षमा राज लिम्बु चयन भएका छन् । त्यस्तै सदस्यहरुमा क्रमश: राजेन्द्र भण्डारी , अर्जुन सेराला , गोबिन्द केसि , राजन केसि , रमेश भण्डारी, नेत्र मिश्र , जीवन कठायत, सपना अधिकारी केसि , कोपिला मरासिनी गौतम ,गायत्री खत्री ,जुनु खनाल, रेबिका गहतराज र कल्पना ढकाल निर्वाचित भएका छन्  ।

त्यस्तै समितिको सल्लाहकार समितीमा क्रमश कृष्ण भण्डारी, सुन्दर योन्जन तामाङ र नवीन यात्री चयन भएका छन् ।

कार्यसमितिको पहिलो बैठकले संस्थापक अध्यक्ष सुनिल संगम , कृष्ण पक्ष थापा(२ कार्यकाल) भगवती बस्नेत र निशा अर्यालका सम्पूर्ण कार्यसमितिका पदाधिकारीहरुलाइ संस्थालाई विभिन्न कालखण्डमा सम्हाली यहाँ सम्म पुर्याउनु भएको योगदानलाई सम्मरण गर्दै विशेष धन्यवाद दिएको छ । नवनिर्वाचित अध्यक्ष भट्टराईले ए वान नेपाल. कमसँग कुरा गर्दै   संस्थालाई थप उचाईमा पुर्याउन  कर्ट्टिबद्द भएर लागिपर्ने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

किन घट्यो मतदाताको उत्साह  ? – सम्पादकिय

किन घट्यो मतदाताको उत्साह ? – सम्पादकिय

पाँच वर्षपछि भएको स्थानीय तह निर्वाचनमा अपेक्षाकृत मतदाताको सहभागिता रहने । निर्वाचन आयोगले  देशभर ६२ प्रतिशत मतदान भएको प्रारम्भिक तथ्याङ्कलाई सच्याएर ७० प्रतिशत मतदान भएको..