दिल्लीस्थित इजरायली राजदूतावास नजिकै बम विष्फोट, भारतभर सुरक्षा सतर्कता

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ १७, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

एजेन्सी- भारतको नयाँदिल्लीस्थित इजरायली रादूतावास नजिक बम विष्फोट भएको छ । भारत–इजरायल कूतनीतिक सम्बन्धको २९ औं वर्षगाँठकै दिन एपीजे अब्दुल कलाम रोडमा शुक्रबार साँझ बम विष्फोट भएको हो ।

विष्फोटबाट दूतावासमा भने क्षति पुगेको छैन । तर पार्किङ गरेर राखिएका केही कारका सिसा फुटेको दिल्ली प्रहरीले जनाएको छ । बम विष्फोट कसले र किन गरायो भन्ने विषय हालसम्म केही खुलेको छैन । भारतका लागि इजरायली राजदूत रोन माल्काले बम विष्फोट गराउनुको उद्देश्य र बम विष्फोट गराउनेको खोजी भारतिय प्रहरीले  गरिरहेको जानकारी दिएका छन् ।

यसैगरी दिल्ली प्रहरीका जनसम्पर्क अधिकारीले चर्चामा आउने उद्देश्यले कसैले बम विष्फोट गराएको हुन सक्ने बताएका छन् । उनले बम विष्फोटबाट भौतिक क्षति नभएको जानकारी दिएका छन् । घटनास्थलको निरीक्षण गरेपछि दिल्ली प्रहरीका कमिश्नर एसएन श्रीवास्तवले यस घटनाको अनुसन्धान विशेष सेलले गरिरहेको जानकारी दिँदै यो आतंकवादी आक्रमण हो कि होइन भनेर अहिल्यै भन्नु हतार हुने प्रतिक्रिया दिएका छन् ।

राजधानी नयाँदिल्लीमा बम विष्फोट भएपछि भारतभर सुरक्षा सतर्कता बढाइएको छ । सबै विमानस्थल, महत्वपूर्ण प्रतिष्ठान र सरकारी कार्यालयहरुमा सुरक्षा बढाइएको छ ।

सन् २०१२ को फेब्रुअरीमा दिल्लीमा इजरायली कूटनीतिज्ञले प्रयोग गर्ने कारमा बम आक्रमण भएको थियो । सो आक्रमणको दोष इजरायलले इरानमाथि लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

नयाँ बर्षमा प्रवासमा रहेका नेपालीहरुलाई सम्वोधन गर्दै प्रम ओली, सहभागिताको लागि प्रवासी नेपाली एकता मञ्चद्वारा आह्वान

नयाँ बर्षमा प्रवासमा रहेका नेपालीहरुलाई सम्वोधन गर्दै प्रम ओली, सहभागिताको लागि प्रवासी नेपाली एकता मञ्चद्वारा आह्वान

ए1न्यूज इजरायल नेकपा (एमाले) प्रवास संगठन प्रवासी नेपाली एकता मंच अन्तराष्ट्रिय कमिटीको आयोजनामा पार्टी नेकपा (एमाले)का श्रद्धेय अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली..