इजरायलको रोजगारी : कस्तो हुन्छ प्रक्रिया ? योग्यता कति चाहिन्छ ? (राजदूतको भिडियो म्यासेज सहित)

२०७७ माघ १४, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट
ए1न्यूज इजरायल

नेपाल र इजरायलबीच रोजगारी सुचारु गर्न सरकारी स्तरमा भएको द्विपक्षीय श्रम सम्झौतालाई मूर्तरुप प्रदान गर्दै पहिलो चरणमा इजरायलको नर्सिङ क्षेत्र (Hospitals, Nursing Homes, Day care centers, etc.) मा नेपालबाट कामदारहरु ल्याउने प्रक्रिया तयारी अन्तिम चरणमा पुगेको छ । सोही अनुरुप इजरायलको तर्फबाट नेपालका लागि इजरायली राजदूत H. E. Hanan Goder ले नेपालको श्रम मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच हस्ताक्षण भएको हो ।
सम्झौता अनुरुप ५०० कामदार ल्याउने प्रटोकलमा हस्ताक्षर भएसँगै नेपालमा इजरायल पठाउछु भन्दै विचौलियाहरु सल्वलाउन थालेका खवरहरु आइरहेका छन् भने कतिपयले पैसा समेत उठाइरहेका छन् भन्ने समाचारहरु समेत सार्वजनिक भएका छन् त इजरायल आउन इच्छुक कतिपय कामदारहरु  प्रक्रिया र  आवश्यक योग्यताहरुबाट अनभिज्ञ रही इजरायलमा रहेका आफ्ना आफन्तहरुसँग  जानकारी लिने कोसिस समेत गरिरहेका छन् ।  कतिपय भाषा सिकाउने इन्स्टीच्युटहरुले इजरायल जान हिब्रु भाषा सिके पुग्छ भन्दै हजारौं रुपैयाँ लिई भाषाको तालिम समेत लिइरहेका खवरहरु पनि आइरहेका छन् भने प्लस टू गरेका र ३ महिने केयरगिभर तालिम लिएकाहरुले पनि अवसर पाउने भन्ने विषयमा पनि कतिपयलाई प्रष्ट हुन नसकिरहेको हामीले पनि देखिरहेका छौं । नेपाली राजदूतावास इजरायलले यस विषयमा ध्यानाकर्षण गर्दै G to G मार्फत् हुने तथा यसमा ईजरायली तथा नेपाली कुनै पनि म्यानपावर संस्था तथा एजेण्टको भूमिका नरहने भएकाले कोही पनि भ्रममा नपर्नु तथा इजरायल पठाउछु भनी पैसा लिन खोज्ने कसैको प्रलोभनमा नपर्न आग्रह गरेको छ ।

इजरायल जाने प्रक्रिया कस्तो हुन्छ ?

सम्पर्क स्थान, आवश्यक कागजात, न्यूनतम योग्यता सबै प्रष्ट हुने गरी वैदेशिक रोजगार विभागले सूचना जारी गरेपछि रोजगार विभागकै नेतृत्वमा कामदार चयन प्रक्रिया अगाडि वढाइने छ । रोजगार विभागकै नेतृत्वमा कामदार चयन प्रक्रिया हुने भएकाले कुनै पनि मेनपावर एजेन्सी वा विचौलियाको यस प्रक्रियामा कुनै भुमिका नरहने नेपाली राजदूतावासको भनाई रहेको छ । यससंगै कसैले अनाधिकारीक रुपमा इजरायल जा न सेटिङको निहुँमा पैसा उठाउने कोसिस गरेमा रोजगार विभाग वा सम्वन्धित निकायमा जानकारी गराउन पनि सकिने बताइएको छ ।

इजरायल जान के कति योग्यता चाहिन्छ ?

इजरायल आउन इच्छुकहरुमा २५ देखि ४५ बर्ष उमेरका ५ फिट २ इन्च उँचाई र न्यूनतम ४५ किलोको तौल भएको हुनु पर्दछ । अनमी (ANM) वा सिएमए गरेका वा प्लस टू पास गरी सिटिइभिटीबाट मान्यता प्राप्त (श्रम विभागको व्ल्याक लिस्टमा नपरेका) कुनै पनि तालिम केन्द्रहरुबाट सिटिइभिटीको केयरगिभर कोर्श गरेको जो कुनै उमेदवारहरु इजरायल आउन सक्नेछन् । स्टाफ नर्स वा एमविवियस गरेका उमेदवारहरुको हकमा ओभर क्वालिफाइड  करार दिई यो रोजगारीमा आउनकोलागि चयन नहुने नेपाली राजदूतावास इजरायल स्रोतले जनाएको छ । स्रोतका अनुसार उल्लेखित योग्यताहरु भएपनि यस अघि इजरायल आइ रोजगारी समाप्त गरी स्वदेश फर्किएकाहरु, इजरायला आफ्नो आमा वुवा, दाजुभाई दिदीवहिनीहरु भएकाहरुले भने यो अवसर प्राप्त गर्न सक्ने छैनन् । सम्झौता अनुसार ल्याव टेक्सिनिसियन, फार्मेसी गरेका उमेदवारहरु पनि यस प्रक्रियामा योग्य मानिने छैनन । स्मरण रहोस् यस अघिको जिटूजी प्रक्रियामा ल्याव टेक्निसियन, फिजियोथेपापीस्ट र फार्मेसी गरेका लाई पनि अवसर दिइएको थियो ।

त्यस्तै प्रक्रियागत रुपम कामदार मेडिकल्ली फिट भएको हुनुपर्नेछ भने वजारमा हल्ला भएजस्तै हिब्रु भाषा जानेको हुनुपर्ने नभई सामान्य अग्रेजी भाषा बोल्न सक्ने हुनु पर्ने बताइएको छ । नेपालमा धमाघम हिब्रु भाषा सिकिरहेका उमेदवारलाई लक्षित गर्दै दूतावासले हिब्रु भाषा अनिवार्य नभई अंग्रेजी भाषा राम्रो बोल्न र लेख्न सक्ने हुनुपर्ने बताइयो । त्यस्तै धेरैको प्रश्न रहेको सिएमए र  अनमी पढेकाहरुमा प्लस टूको अध्यन गरेको हुनु पर्छ कि पर्दैन भन्ने विषयमा भने अनमी र सिएमए गरेकाहरुको हकमा प्लस टू अध्ययन गरेको हुनु नपर्ने तर केयरगिभर तालिम प्राप्तहरु भने प्लस टू गरेको हुनु पर्ने प्रावधान रहेको दूतावासको भनाई रहेको छ ।

कामको प्रकृती कस्तो हुन्छ ?

विदेशी श्रमिकहरुले समेत इजरायली नागरिक सरहको सेवा सुविधा र संरक्षणसमेत पाउने  इजरायलमा कार्यरत कामदारहरुले गर्ने काम भनेको सामान्यतया केयरगिभरको काम नै हो । हालसम्म इजरायलमा आयात गरिने कामदारहरु Home Based केयरगिभर रहने गरेका छन् भने अव आउने कामदारहरु  Home Based केयरगिभर नभई इजरायलको नर्सिङ क्षेत्र (Hospitals, Nursing Homes, Day care centers, etc.) मा काम गर्ने केयरगिभर हुनेछन् । कामदार इजरायल आएदेखि नै न्यूनतम तलव सुविधा ५३०० शेकेलको रहने छ भने उनीहरुको खाने बस्ने, स्वास्थ्य विमा, अतिरिक्त पारिश्रमिक सुविधा तथा अन्य सुविधा भने सम्वन्धित निकायको नियमानुसार रहने बताइएको छ ।

नेपाली दूतावास के भन्छ यस विषयमा ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय