नेपाली राष्ट्रिय गान सहितको भिडियो पोस्ट गर्दै काँग्रेस आइ नेता गान्धीले दिए नेपाली ‘केटू हिमाल’ आरोही लाई बधाई

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ १३, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौँ– काँग्रेस आइका नेता राहुल गान्धीले विश्वकै दोस्रो अग्लो शिखर केटू हिमाल आरोहण गरी कीर्तिमानी राख्ने नेपाली आरोहीहरुलाई बधाई दिएका छन् ।

नेता गान्धीले नेपाली आरोहीहरुले शिखरको चुचुरोमा पुग्दै गर्दा बजाइएको नेपाली राष्ट्रिय गानको भिडियो ट्वीटरमार्फत शेयर गर्दै बधाई दिएका हुन्।

नेपाली १० जना आरोहीले हालै हिउँदको समयमा सफलतापूर्वक आरोहण गरी कीर्तिमानी राखेका थिए । हिँउदे सिजमा केटु हिमालको आरोहण गरेर विश्वकीर्तिमान बनाएसँगै उनीहरुको चौतर्फी प्रशंसा भइरहेको छ।

उनीहरुले शिखरको चुचुरोमा पुग्दा नेपालको राष्ट्रिय झण्डा फहराउनुका साथै राष्ट्रिय गान बनाएर एउटा भिडियो समेत बनाएका थिए । उक्त भिडियो अहिले सामाजिक सञ्जामा भाइरल बनेको छ ।

पाकिस्तानमा रहेको ८ हजार ६ सय ११ मिटर उचाइको विश्वकै दोस्रो अग्लो केटु हिमालमा हिउँद याममा अहिलेसम्म कसैले पनि आरोहणको रेकर्ड वनाएका थिएनन् ।

नेपाली १० जना आरोहीहरु निर्मल पुर्जा, मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाले  आरोहण सफलतापूर्वक  सम्पन्न गरेका हुन् ।

सुरूमा तीन वटा समूहमा विभाजित पर्वतारोही अन्तिममा एकसाथ शिखर पुगेका थिए । दश आरोहीमध्ये मिङ्मा जी शेर्पाले अक्सिजनविना नै आरोहण सम्पन्न गरेका छन् ।

चुचुरोको सय मिटर तल भेला भएर सबैजनाले एकैपटक चुचुरोमा पाइला टेकेका थिए।

उनको ट्वीट यस्तो छ :

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

नयाँ बर्षमा प्रवासमा रहेका नेपालीहरुलाई सम्वोधन गर्दै प्रम ओली, सहभागिताको लागि प्रवासी नेपाली एकता मञ्चद्वारा आह्वान

नयाँ बर्षमा प्रवासमा रहेका नेपालीहरुलाई सम्वोधन गर्दै प्रम ओली, सहभागिताको लागि प्रवासी नेपाली एकता मञ्चद्वारा आह्वान

ए1न्यूज इजरायल नेकपा (एमाले) प्रवास संगठन प्रवासी नेपाली एकता मंच अन्तराष्ट्रिय कमिटीको आयोजनामा पार्टी नेकपा (एमाले)का श्रद्धेय अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली..