इजरायलमा १० लाखभन्दा धेरै खोप कार्यक्रममा सहभागी, नेपालीहरु पनि खोप लिन उत्साहित

द्वारा प्रकाशित गरिएको हो |
२०७७ पुष १९, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

मध्यपूर्वको इजरायलले १० लाखभन्दा बढी मानिसहरूलाई कोरोना भाइरसविरुद्धको खोप दिएको छ । यो अरु देशको तुलनामा सबैभन्दा उच्चदर रहेको बीबीसीले जनाएको छ ।

इजरायल सरकारले पहिलो चरणको खोप कार्यक्रम अन्तरगत फ्रन्टलाइनर स्वास्थ्यकर्मीहरु, ६० बर्ष माथिका दिर्घरोगी वृद्दवृद्दाहरु लगायतलाई इजरायल सरकारले खोप दिइरहेको छ भने वृद्दवृद्दाको केयरमा खटिएका केयरगिभर कामदारहरुलाई पनि कोरोनाको खोप दिइएको छ ।

नेपालमा कोरोनाको खोप ल्याउने विषयमा सरकारमा अन्यौल रहदै गर्दा इजरायलमा रहेका नेपालीहरुले भने धमाधम कोरोनाको खोप लिइरहेको सामाजिक सञ्जालहरुबाट देख्न सकिन्छ ।

इजरायलमा ११ दशमलव ५५ प्रतिशत मानिस खोप कार्यक्रममा सहभागी बनेका छन् भने मध्यपूर्वकै बहराइनमा ३ दशमलव ४९ र बेलायतमा एक दशमलव ४७ प्रतिशत मानिसले खोप लगाएको अक्सफोर्ड विश्वविद्यालयको तथ्याङ्क उल्लेख गर्दै बीबीसीले जनाएको छ ।  यसैबीच भारत सरकारले पहिलो चरणमा कोरोना भाइरसविरुद्ध झण्डै तीन करोड मानिसलाई निःशुल्क खोप दिने भएको छ । भारतका स्वास्थ्यमन्त्री हर्ष वर्धनले हिजो नयाँदिल्लीमा खोप अभियानको पूर्वतयारीको अवलोकनका क्रममा पहिलो चरणमा तीन करोड स्वास्थ्यकर्मी तथा कोभिड महामारीमा फ्रन्टलाइनमा खटिएकालाई खोप लगाउने बताउनुभयो ।

भारत सरकारले यसअघि नै आउँदो जुलाई महिनाभित्र ३० करोडभन्दा बढीलाई खोप दिने घोषणा गरिसकेको छ । खोपको देशव्यापी वितरणका लागि विशेष अभियान नै तयार पारिएको छ । भारत सरकारले खोप अभियानका लागि झण्डै १ लाख जनालाई तयारी अवस्थामा राखेको जनाएको छ । भारतमा दुईवटा कोरोना खोपको लागि अनुमति प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

नयाँ बर्षमा प्रवासमा रहेका नेपालीहरुलाई सम्वोधन गर्दै प्रम ओली, सहभागिताको लागि प्रवासी नेपाली एकता मञ्चद्वारा आह्वान

नयाँ बर्षमा प्रवासमा रहेका नेपालीहरुलाई सम्वोधन गर्दै प्रम ओली, सहभागिताको लागि प्रवासी नेपाली एकता मञ्चद्वारा आह्वान

ए1न्यूज इजरायल नेकपा (एमाले) प्रवास संगठन प्रवासी नेपाली एकता मंच अन्तराष्ट्रिय कमिटीको आयोजनामा पार्टी नेकपा (एमाले)का श्रद्धेय अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली..