इजरायलमा संसद विघटन, दुई वर्षमा चौथो निर्वाचन

द्वारा प्रकाशित गरिएको हो |
२०७७ पुष ८, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सत्तारुढ गठबन्धन सरकारले  संसद भंग गरेको छ । प्रधानमन्त्री नतान्याहु  र उनका प्रतिद्वन्द्वीको रुपमा रहेको रक्षामन्त्री बेनी गान्ट्जको नेतृत्वमा गठबन्धनले २०२० को बजेट स्वीकृत गर्न मध्यरातको म्याद गुमाएपछि वाध्यतावश स्वत: संसद विघटन गर्व वाध्यत्मक अवस्था सृजना भएको थियो ।

संसदले बजेट पारित गर्ने समयसीमा पूरा गर्न नसकेपछि मङ्गलबार मध्यरातमा संसद भंग गरिएको हो । प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र उनको गठबन्धनका सांसदहरुले सरकारको पतनका लागि एकार्कामा आरोप प्रत्यारोप शुरु गरेको छन् ।

संसद भंगसँगै इजरायल दुई वर्षमा चौथो चुनावको लागि अग्रसर हुने भएको छ । इजरायली संसदमा कुनै पनि पार्टीले स्पष्ट वहुमत प्राप्त गर्न नसक्दा र गठवन्धनको सरकार गठनको लागि पनि कुनै पार्टीले आवश्यक संसदिय गठजोड पुर्याउन नसक्दा इजरायलमा यस अघि एक बर्ष भित्र तीन पटक संसदिय चुनाव भएको थियो । तेस्रो पटक पनि नतिजा फरक नदेखिएपछि अर्को निर्वाचन मा जाने अवस्था रहदै गर्दा   कोभिड १९ महामारीका कारण महामारीको अवस्थालाई  मध्यनजर गरी प्रमुख पार्टीहरुले प्रधानमन्त्री नेतान्याहुको नेतृत्वमा संयुक्त सरकार गठन गर्न सहमत भएका थिए ।  तर  कोरोना भाइरसको यो महामारी चलिरहेको अवस्थामा नेतन्याहूलाई फेरीपनि चुनावको लागि बाध्य हुनुपर्ने अवस्था रहेको छ ।

संसद विघटनसँगै  सम्भवतः अर्को वर्ष सन् २०२१ को मार्च २३ मा चुनाव हुने सिएएनएनले जानकारी दिएको छ ।

नेतान्याहूको दक्षिणपन्थी लिकुड र गान्ट्जको ब्लू एन्ड ह्वाइट पार्टीको नेतृत्वमा रहेको गठबन्धनले सन् २०२० को बजेट पारित गर्न मध्यरात्रिसम्म प्रयास गरेपनि सफल हुन सकेको थिएन ।

यता नेतन्याहूमाथि लामो समयदेखि चलि रहेको भ्रष्टाचारको मुद्दा झनै तीव्र हुँदै गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

नयाँ बर्षमा प्रवासमा रहेका नेपालीहरुलाई सम्वोधन गर्दै प्रम ओली, सहभागिताको लागि प्रवासी नेपाली एकता मञ्चद्वारा आह्वान

नयाँ बर्षमा प्रवासमा रहेका नेपालीहरुलाई सम्वोधन गर्दै प्रम ओली, सहभागिताको लागि प्रवासी नेपाली एकता मञ्चद्वारा आह्वान

ए1न्यूज इजरायल नेकपा (एमाले) प्रवास संगठन प्रवासी नेपाली एकता मंच अन्तराष्ट्रिय कमिटीको आयोजनामा पार्टी नेकपा (एमाले)का श्रद्धेय अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली..