
ए१न्यूज नेपाल
राष्ट्रिय प्रजातन्त्र पार्टीले आउँदो बैशाख २५ देखि २८ गतेसम्म एकताको पहिलो महाधिवेशन काठमाडौंमा गर्ने भएको छ । पार्टी एकतापश्चात् दोस्रो पटक बसेको कार्यसम्पादन समितिको बैठकले महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको समिति सदस्य भुवन पाठकले बताए ।
बैठकले महाधिवेशनका लागि तीन लाख सक्रिय सदस्य संख्या पुर्याउने निर्णय गरेको छ । त्यस्तै बैठकले हिन्दु राज्य र राज संस्था पुनर्स्थापनाका लागि देशभर संघर्षको कार्यक्रम सार्वजनिक गरेको सदस्य पाठकले जानकारी दिनुभयो । पार्टीले पुस ११ गते काठमाडौंमा प्रदर्शन गर्ने तयारी गरेको छ ।
यस्तै पौष १२ गते देशभरका प्रमुख जिल्ला अधिकारीमार्फत हिन्दु राज्य र राजसंस्था पुनर्स्थापनाकोॉ माग गर्दै ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । यस्तै १७ गते काठमाडौंमा वृहत्त शक्ति प्रदर्शन गर्ने राप्रपाले निर्णय गरेको छ ।