ओलीलाई नेकपाको अध्यक्षबाट हटाएको नेकपा दाहाल-नेपाल समूहको घोषणा, माधव नेपाल अध्यक्ष चयन

द्वारा प्रकाशित गरिएको हो |
२०७७ पुष ७, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपाल समूहले केपी शर्मा ओलीलाई नेकपाको अध्यक्षबाट हटाएको घोषणा गरेको छ ।

बैठकले ओलीलाई हटाएपछि प्रचण्डपछिको वरीयतामा रहने गरी माधव कुमार नेपाललाई अध्यक्ष बनाएको छ ।

राष्ट्र हितविपरीत तथा पार्टी हितविपरीत काम गरेको, अध्यादेश, संसद विघटन, पार्टी निर्णय पटक-पटक उलंघन गरेको लगायतका आरोप प्रस्तावमा लगाइएको छ ।

बबरमहलमा बसेको दाहाल-नेपाल समूहको बैठकले नेता भीम रावलले राखेको ओलीलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित गरेको केन्द्रीय सदस्य शिव कुमार मण्डलले जानकारी दिए । बैठकमा ३१५ जना केन्द्रीय सदस्य उपस्थित रहेको जनाइएको छ ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही स्वरुप अध्यक्ष पदबाट हटाइएको बताए ।

केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले ओली सच्चिएर आए फेरि पनि पार्टीमा स्वागत गर्न तयार रहेको बताए ।

बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘केपी ओलीले राष्ट्र, जनता, पार्टीलाई घात भयो भनेर आउनुभयो भने हामी उहाँलाई स्वागत गर्छौं । गल्ती भयो, मैले गल्ती गरेँ, म पश्चाताप गरेर आउन तयार छु भनेर आउनुभयो भने म अहिले पनि स्वागत गर्न तयार छु ।’

प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि पुस ५ गतेकै पार्टी स्थायी समिति बैठकले उनलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो । सोही प्रस्तावमाथिको छलफलपछि उनलाई अध्यक्षबाट हटाउने निर्णय भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

एवान खबर बिसेष

अन्ततः फुट्यो नेकपा

अन्ततः फुट्यो नेकपा

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को मंगलबार छुट्टाछुट्टै स्थानमा बसेको दुई समूहको केन्द्रीय कमिटी बैठकले गरेको फरक फरक निर्णयसँगै पार्टी विभाजन भएको छ ।..